icon
निर्वाचन
२० मंसिर २०८२, शनिबार
icon
निर्वाचन

सिसिटिभीमा कैद कपिलवस्तु चोरी प्रकरण : सुनका गरगहना सहित अभियुक्त पक्राउ

कपिलवस्तु – शिवराज नगरपालिका–५ प्रगति टोलस्थित दीपक न्यौपानेको घरमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।

Workplace

६ गते बिहान करिब ३ बजे न्यौपानेको घरमा चोरी भएको सूचना प्राप्त भएपछि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। घटनास्थल आसपासका विभिन्न स्थानमा रहेका सीसीटीभी फुटेजहरू संकलन गरी विश्लेषण गर्ने क्रममा फफुरी इंग्लिस बोर्डिङ स्कुलको क्यामेरामा कैद भएको शंकास्पद व्यक्तिको हुलियाका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

त्यही आधारमा खोजतलास गर्दै जाँदा दाङ जिल्ला, लमही नगरपालिका–४ अर्नवाका ३२ वर्षीय टोपेन्द्र सिंह ठकुरी शंकास्पद अवस्थामा २०८२ साउन ९ गते कपिलवस्तुको बनकट्टा क्षेत्र (शिवराज–१) भित्र सडकमा फेला परेका थिए। प्रहरीले तत्कालै सोधपुछ गर्दा ठकुरीले चोरीका गरगहना आफ्नो घरमा लुकाइ राखेको स्वीकार गरेका थिए।

उनको बयानका आधारमा प्रहरीले दाङस्थित उनको घरमा पुगी कानुनी प्रक्रिया पूरा गरी सुनका विभिन्न गरगहना बरामद गरेको जनाएको छ। हाल ठकुरीलाई कपिलवस्तु जिल्ला अदालतबाट चोरी मुद्दामा ८ दिनको म्याद थप गराई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।

प्रहरीका अनुसार घटनाको थप विवरण संकलन कार्य जारी रहेको छ र यस घटनामा संलग्न अन्य व्यक्ति भए/नभएकोबारे समेत अनुसन्धान भइरहेको छ। पोछिल्लो समय लुम्बिनी प्रदेशमा चोरिका घटना दिन प्रतिदिन बडदै गएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?