icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

रवि लामिछाने र पूर्व डिआईजी जोशीको मुद्दा : उच्च अदालत बुटवल इजलासको फाइल झिकाउने आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीसँग सम्बन्धित मुद्दाको फाइल झिकाउन उच्च अदालत बुटवल इजलासले आदेश दिएको छ।

Workplace

सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछाने र जोशीले थुनामुक्त हुनसक्ने बिगो बराबर रकम धरौटीमा जम्मा गर्न अनुमति माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटमा आज इजलासले प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेशसहित सम्पूर्ण फाइल माग गरेको हो।न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले उक्त आदेश दिएको हो।

यसअघि कात्तिक १३ गते तोकिएको पेसी जोशी पक्षका कानुन व्यवसायीको निवेदनपछि स्थगित गरिएको थियो। त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले जोशीको मुद्दा पनि एकै प्रकृतिको भएकाले दुवै मुद्दा एकैसाथ सुनुवाइ हुने आदेश दिएको थियो।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?