डेढ वर्षदेखि यूएईमा थुनिएका अर्घाखाँचीका थानेश्वर घिमिरे, मृ`त्यु प्र`क`रणमा निर्दोष दाबी

अर्घाखाँची – अर्घाखाँची पाणिनी गाउँपालिका–८ का थानेश्वर घिमिरे डेढ वर्षदेखि युनाइटेड अरब इमिरेट्स (यूएई) मा यात्रा प्रतिबन्ध (ट्राभल ब्यान) मा परेका छन् । एक नेपाली महिलाको मृत्यु प्रकरणमा नाम जोडिएपछि उनीमाथि यूएई सरकारले यात्रा प्रतिबन्ध लगाएको हो ।

Workplace

यूएईस्थित नेपाली दूतावासका अनुसार घिमिरे सँगै बस्दै आएकी एक नेपाली महिलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका थिए । श्रीमान–श्रीमतीबीच झगडा भएपछि ती महिला सडकमा मृत अवस्थामा फेला परेकी थिइन् ।

घटनाबारे घिमिरेले प्रहरीलाई जानकारी गराएपछि उनलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राखिएको थियो ।

उनले झगडा भइरहेको बेला आफू शौचालयभित्र रहेको र बाहिर निस्कँदा ती महिला देखिएनन् भनेर बयान दिएका छन् । पछि महिलाका श्रीमान फरार भएका थिए ।

घिमिरेकी दिदी लक्ष्मी घिमिरेका अनुसार भाइ निर्दोष छन् तर यूएईको ट्राभल ब्यानका कारण उनी देश फर्किन वा काम बदल्नसमेत अक्षम छन् । “घटनाबारे प्रहरीलाई जानकारी दिने मानिस नै अहिले डेढ वर्षदेखि रोकिएका छन्, यो ठूलो अन्याय हो,” उनले गुनासो गर्दै भनिन् ।

यूएईस्थित नेपाली दूतावासले भने घटनाको प्रकृति गम्भीर भएकाले स्थानीय कानुनी प्रक्रिया पूरा नभएसम्म यात्रा प्रतिबन्ध हटाउन नसकिने जनाएको छ । दूतावासका अधिकारीका अनुसार यूएईका सम्बन्धित निकायले अनुसन्धान सम्पन्न गरेपछि मात्रै घिमिरेमाथिको प्रतिबन्धबारे निर्णय हुने बताइएको छ ।

थानेश्वर घिमिरे अहिले पनि यूएईमै काम रोकिएको अवस्थामा छन् र कानुनी प्रक्रिया टुंगिन प्रतीक्षारत छन् । परिवारले सरकारले सक्रिय भूमिका खेली निर्दोष नेपाली कामदारलाई न्याय दिलाउन आग्रह गरेका छन् ।
नेपाल सरकारले समेत कूटनीतिक पहल गरी घिमिरेको रिहाइ र न्याय सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्ने माग बढ्दै गएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?