बस दुर्घटना हुँदा ४० जनाको मृ`त्यु

समाचार सारांश
Auto Generated by AI
  • पाकिस्तानको बलुचिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ।
  • क्वेटाबाट पेसावर जाँदै गरेको बस अनियन्त्रित भई गहिरो खोचमा खसेको हो।
  • दुर्घटनामा आठ जना घाइते भएका छन् र उद्धार कार्य जारी छ।

पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको सीमामा अवस्थित दाना सार क्षेत्रमा बस दुर्घटना हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ।

Workplace

बलुचिस्तानका अधिकारीहरूका अनुसार सेरानी जिल्लामा बस दुर्घटना भएको हो।

क्वेटास्थित रेस्क्यु ११२२ का प्रवक्ताका अनुसार बस क्वेटाबाट पेसावर जाँदै थियो।

बलुचिस्तानका मुख्यमन्त्रीका सहायक साहिद रिन्दले ४० जनाको मृत्यु भएको पुष्टि गर्दै आठ जना घाइते भएको बताएका छन्।

उनले भने, ‘प्रारम्भिक जानकारीअनुसार बसले आफ्नै यात्रुबाहेक अर्को बिग्रेको बसबाट पनि यात्रु बोकेको थियो।’

स्थानीय अधिकारीहरूका अनुसार बस गहिरो खोचमा खसेको हो। जसले गर्दा यात्रुहरूलाई उद्धार गर्न गाह्रो भएको थियो।

दुर्घटनास्थलबाट प्राप्त तस्बिरमा बस पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?