सरकारले सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न सकेनः अध्यक्ष राई

समाचार सारांश
Auto Generated by AI
  • सरकारले सय दिनमा गरेको काम जनताले महशुस गर्न सकेका छैनन्।
  • महंगी नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन।
  • हर्कराज राईले दार्चुलामा झोलुङ्गे पुलको उद्घाटन गरेको बताएका छन्।

काठमाडौ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न नसकेको बताएका छन्।

Workplace

दार्चुलाबाट काठमाडौँ फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले केही गर्ने कोशिस गरेपनि जनताले महशुस हुनेगरी परिणाम दिन नसकेको बताएका हुन्।

राईले महंगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरुले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराए। सरकारले सय दिनमा गरेका कामहरुको जनताले महशुस गरेजस्तो आफ्नो अनुभूति नरहेको अध्यक्ष राईको भनाइ छ।

‘कोशिस उहाँहरुले गर्नुभएको हो। तर रिजल्ट चाहीँ जनतालाई त्यति महशुस भएको छैन। रिजल्ट भएको महशुस हुनुपर्दछ। महंगीहरु धेरै भयो। अब महंगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो’, उनले भने ‘म दार्चुला हुँदा देखेको थिएँ त्यता आमसञ्चार छैन। अब हेर्न पनि पाइँदैन। पेट्रोलको भाउ अलि घटयो रे भन्ने छ।’

उनले दार्चुला जिल्ला विकट रहेकाले त्यहाँको विकासमा सहभागी हुन पाउँदा आफू खुशी भएको पनि बताए। दार्चुलामा उनले एक झोलुङ्गे पुलको उद्घाटन गरेका थिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?