लुम्बिनी प्रादेशिक अस्पतालमा तीन नयाँ प्रसूति शल्यक्रिया कक्ष थप: सेवा प्रवाहमा सहजता

 

Workplace

लुम्बिनी – लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति सेवालाई विस्तार गर्दै तीन नयाँ शल्यक्रिया कक्ष थप गरिएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार नयाँ शल्यक्रिया कक्षहरूको उद्घाटन गर्दै बिरामीलाई छिटो, छरितो र प्रभावकारी उपचार सेवा प्रदान गर्न यसले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

पछिल्लो आर्थिक वर्षमा १२,०९८ महिलाले प्रसूति सेवा लिँदा ४,५४७ शल्यक्रिया गरिएको तथ्यांक सार्वजनिक भएको छ। शल्यक्रिया कक्ष विस्तारसँगै अब बिरामीले पालो पर्खनुपर्ने समस्या समाधान हुने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री आचार्यले सेवा चुस्त बनाउन स्वास्थ्यकर्मीको भूमिकालाई उच्च प्रशंसा गर्दै अझ थप योगदानको अपेक्षा गरिएको बताउनुभयो।

कार्यक्रममा स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव डा. बासुदेव उपाध्याय, र अन्य प्रमुख व्यक्तिहरूको उपस्थिति थियो।

यस अस्पतालबाट वार्षिक ३ लाख ४८ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिने गरेका छन्। शल्यक्रिया कक्षको विस्तारले यो सेवा अझ प्रभावकारी र सहज हुने विश्वास गरिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

हुम्लामा नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

छुटाउनुभयो कि ?