
- मुगुम कार्मारोङको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी जेठ ३ गते 'प्रथम छायाँनाथ अल्ट्रा रेस' आयोजना हुँदैछ।
- यस प्रतियोगितामा ३० किलोमिटरको मुख्य रेसका साथै स्थानीय धावकका लागि विशेष विधा र ५ किलोमिटरको फन रन समावेश गरिएको छ।
- विजेताहरूलाई आकर्षक नगद पुरस्कार र सम्मानको व्यवस्था गरिएको यो प्रतियोगिताले मुगुलाई विश्वकै साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य राखेको छ।
हिमालको काखमा अवस्थित, निलो आकाशमुनि टलपल चम्किने हिन्दू तथा बौद्ध धर्मावलम्वीहरूको साझा आस्थाको केन्द्र ‘छायाँनाथ धाम’ र यहाँको शान्त एवम् विशिष्ट जीवनशैली मुगुम कार्मारोङको मात्र नभई विश्वकै दुर्लभर मोहक सम्पदा हो। नेपालको स्थानीय तह पुनसंरचनापश्चात् मुगु जिल्लाका साविकका गाविसहरू समेटेर बनाइएका चार स्थानीय तहमध्ये सदरमुकाम गमगढीको उत्तर-पूर्वमा अवस्थित मुगुम कार्मारोङ गाउँपालिका भौगोलिक हिसाबले जिल्लाकै सबैभन्दा ठूलो स्थानीय तह हो। यहाँको प्राकृक्तिक तथा जैविक विविधता र असीमित सौन्दर्यले पहिलो पटक पुग्ने जो-कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ ।
यद्यपि, पर्याप्त पूर्वाधार र प्रचारप्रसारको अभावमा मुगुम कार्मारोङको यो सौन्दर्य अझै पनि सीमित घेराभित्र कैद छ । यसै तथ्यलाई मध्यनजर गर्दै, यस क्षेत्रको भौगोलिक विविधता र प्राक्तिक सम्पदालाई विश्वसामु चिनाउन तथा ‘एड्भेन्बर स्पोर्ट्स’ (साहसिक खेलकुद) मार्फत खेल पर्यटनको विकास गर्ने मूल उद्देश्यका साथ हामीले ‘प्रथम छायांनाथ अल्ट्रा रेस’ आयोजना गर्न लागेका छौं। यहाँका हिमाली ट्रेल, प्राचीन तीर्थयात्रा मार्ग र संरक्षित क्षेत्रका भू-बनावटहरू ट्रेल रनिङ, अल्ट्रा म्याराथन र माउन्टेन रनिङका लागि उत्कृष्ट गन्तव्य हुन्।

यसका साथै, कर्णाली नदीमा ह्वाइट-वाटर यांफ्टिङ, हिमाली क्षेत्रमा प्याराग्लाइडिङ, रक क्लाइम्बिङ र लामो ट्रेकिङ रुटहरू विकास गर्न सके यो क्षेत्र नेपालकै प्रमुख साहसिक गन्तव्य (Adenture Hub) बन्न सक्ने प्रचुर सम्भावना रहेको छ ।
यसै सम्भावनालाई मूर्तरूप दिन मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना र अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा आगामी जेठ ३ गते पुलुमा ‘छायाँनाथ अल्ट्रा रेस’ आयोजना हुँदैछ। किम्रि (२८८० मी) बाट सुरु भई छायाँनाथ (४८२० मी) र चिताइकुना (२४४० मी) हुँदै पुलुमा (२२५५ मी) पुगेर समापन हुने यस ३० किलोमिटर लामो अल्ट्रा रेसमा महिला तथा पुरुष दुवैतर्फ प्रतिस्पर्धा हुनेछ। नेपाल एड्भेन्चर रनिङ महासंघको प्राविधिक सहयोग रहने यस प्रतियोगितामा मुगु जिल्लाका स्थानीय बासिन्दाहरूका लागि छुट्टै विधा र सबैको
सहभागितालाई प्रोत्साहन गर्न ५ किलोमिटरको ‘फन रन’ (Fun Run) को समेत व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले अनलाइन तथा अफलाइन दुवै माध्यमबाट स-शुल्क दर्ता गर्न सक्नेछन् ।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ। ३० किलोमिटरको मुख्य विधा (महिला तथा पुरुष। तर्फ प्रथम हुनेलाई रु. २ लाख, द्वितीयलाई रु. १ लाख ५० हजार, तृतीयलाई रु. १ लाख, चौचोलाई रु. ७५ हजार र पाँचौं हुनेलाई रु. ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी, स्थानीयतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः रु. ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ। यस ऐतिहासिक प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न करिब ९८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
अन्तमा, मुगुम कार्मारोडलाई साहसिक खेल पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने हाम्रो यस अभियानमा यहाँहरू र यहाँहरू सम्बद्ध सञ्चारमाध्यमको निरन्तर साथ, सहयोग र सकारात्मक प्रचारप्रसारको अपेक्षा गर्दछौं।
