
- ठगी मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह रिहा भएका छन्।
- पीडितलाई साढे ४ लाख रुपैयाँ बुझाएपछि उनलाई हाजिरी जमानीमा छाडिएको हो।
- रेस्टुरेन्ट खरिद गर्दा रित्तो चेक दिएको आरोपमा उनी पक्राउ परेका थिए।
काठमाडौ – ठगी मुद्दामा पक्राउ गरिएका सेफ सन्तोष साह रिहा भएका छन्।

पीडित पक्षलाई चेकबमोजिमको रकम दिएपछि साह सोमबार बेलुका रिहा भएका हुन्।
उनले साढे ४ लाख रुपैयाँ पीडितलाई बुझाएपछि साहलाई
हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले बताए।
काठमाडौँको गैरीधारामा रेस्टुरेन्ट किन्दा उनले शकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको आरोप थियो।
