मुगुम समुदाय-प्रहरी साझेदारी’ अन्तर्गत विश्व बालश्रम विरुद्धको दिवस २०८३ भव्य रूपमा सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • मुगुमा विश्व बालश्रम विरुद्धको दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्।
  • प्रहरी र स्थानीयको सहकार्यमा र्‍याली र अन्तरक्रियामार्फत बालश्रम उन्मूलनको सन्देश प्रवाह गरिएको छ।
  • बालबालिकाको भविष्य जोगाउन समाजका सबै पक्ष जिम्मेवार हुनुपर्नेमा कार्यक्रमले जोड दिएको छ।

रतन रावल मुगु, जेठ २९ गते ।’शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि’ भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यालय, मुगु र मातहतको इलाका/प्रहरी कार्यालय प्रस्तावित भु-स्थानको संयुक्त आयोजनामा विश्व बालश्रम विरुद्धको दिवस २०८३ विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी भव्य रूपमा मनाइएको छ।समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत आयोजित उक्त विशेष कार्यक्रममा प्रहरी नायब उपनिरीक्षक डीएसपी रविराज थपलिया सहितको टोली र स्थानीय जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, समाजसेवी, नागरिक समाज, विद्यार्थी तथा स्थानीय समुदायको व्यापक सहभागिता रहेको थियो।कार्यक्रमका मुख्यगतिविधिहरू:सचेतना र्‍याली: ‘बालबालिकालाई श्रममा होइन, विद्यालयमा पठाऔँ’ र ‘बालश्रम मुक्त समाज निर्माण गरौँ’ भन्ने प्लेकार्डसहित बजार तथा गाउँ परिक्रमा।अन्तरक्रिया कार्यक्रम: बालअधिकारको रक्षा, बालश्रमका कानुनी प्रावधान र यसले समाजमा पार्ने नकारात्मक असरबारे स्थानीय नागरिकसँग व्यापक छलफल।प्रतिवद्धता: बालश्रम

Workplace

उन्मूलनका लागि प्रहरी र समुदाय दुवै सजग र जिम्मेवार रहनुपर्ने कुरामा जोड।कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक कार्यालयका प्रमुखले बालबालिकाहरू देशको भविष्य भएको हुनाले उनीहरूलाई श्रममा लगाएर भविष्य अन्धकार बनाउन नहुने बताउनुभयो। समुदाय र प्रहरीको बलियो सहकार्यलेमात्रै समाजमा विद्यमान यस्ता विकृति र अपराधलाई जरैदेखि उन्मूलन गर्न सकिने धारणा उहाँले व्यक्त गर्नुभयो।सहभागी स्थानीयबासी तथा बुद्धिजीवीहरूले प्रहरीले गाउँ-गाउँमा आएर यस्ता चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

आज मिति २०८३ ज्येष्ठ ३० गते सनिवार आजको राशिफल

काभ्रेको बुच्चाकोटमा बस दु`र्घ`टना सात जनाको मृ`त्यु

मुगुमा पूर्वाधार विकासको तीव्र गति: सडक, पुल र जनता आवास निर्माणले फेरिँदै ग्रामीण मुहार।

आज मिति २०८३ ज्येष्ठ २९ गते शुक्रबार आजको राशिफल

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनूस्– गृहमन्त्री

नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो लाग्दै

छुटाउनुभयो कि ?