काठमाडौं।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख र कर्मचारीहरुको तर्फवाट १० लाख गरी कूल ६५ लाख आर्थिक सहयोग गरेको छ ।

प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धार्दिङ्ग, गोरखा, तनहु, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति र नागरिकहरुको दैनिक जिवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्धेश्यले सो कोषमा रकम सहयोग गरेको छ ।
