मुगुको जनज्योति माविका २५० जना विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण, सामग्री पाएपछि विद्यार्थी खुसी

समाचार सारांश
Auto Generated by AI
  • मुगुको सोरु गाउँपालिकास्थित जनज्योति माविका दुई सय ५० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
  • अक्कल कोपिला फाउन्डेसनले दुर्गम क्षेत्रका विपन्न विद्यार्थीलाई कापी र कलम लगायतका सामग्री सहयोग गरेको हो।
  • आवश्यक सामग्री पाएपछि विद्यार्थी खुसी भएका छन् भने विद्यालय र अभिभावकले फाउन्डेसनलाई धन्यवाद दिएका छन्।

रतन रावल गमगढी, मुगु ।
मुगु जिल्लाको विकट सोरु गाउँपालिका वडा नम्बर २ मा रहेको श्री जनज्योति माध्यमिक विद्यालयका २५०विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। सदरमुकाम गमगढीदेखि करिब एक दिनको पैदल दूरीमा रहेको उक्त विद्यालयका नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई अक्कल कोपिला फाउन्डेसन का सस्थापक कि धर्मपत्नि कोपिलाको जन्मदिनको अवसर पारेर मुगुको सोरु म रहेको जनजोति मावि म स्टेसनरी लगायतका शैक्षिक सामग्री सहयोग गरेको छन।

Workplace

भौगोलिक रूपमा निकै दुर्गम र आर्थिक रूपमा विपन्न परिवारका बालबालिका अध्ययन गर्ने यस विद्यालयमा आवश्यक शैक्षिक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीहरूलाई फाउन्डेसनले राहत पुर्‍याएको छ।

- Advertisement -Workplace

लामो समयपछि आफूले लेख्ने र पढ्ने कापी, कलम लगायतका सामग्री हातमा पाएपछि विद्यार्थीहरू निकै हर्षित देखिएका छन्। सामग्री बुझ्दै विद्यालयका कि इनिसा बुमि ले खुसी व्यक्त गर्दै भनिन्न, “हामीले कापी-कलम अभावकै कारण पढ्न नपाउने अवस्था थियो। आज सामग्री पाएर निकै खुसी लागेको छ। हाम्रा लागि अक्कल बोहरा जस्तो भगवान मान्छे पायौँ।”

दुर्गम क्षेत्रका बालबालिकाहरूको शिक्षामा पहुँच पुर्‍याउने र उनीहरूको अध्ययनलाई निरन्तरता दिने उद्देश्यले फाउन्डेसनले यो अभियान सञ्चालन गरेको संस्थाले जनाएको छ। विद्यालय प्रशासन र स्थानीय अभिभावकहरूले पनि यो सराहनीय कार्यका लागि फाउन्डेसन र सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?