काठमाडौ – भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई कैद सजाय सुनाएको हो।

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित शरण तिरूवालाई पाँच दिन कैद सजाय सुनाएको छ।
आपराधिक उपद्रवमा दोषी ठहर गरेको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन्।
साँगास्थित झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले पालिकाको सूचना बोर्ड र रसिद च्यात्दै आगजनी गरेका थिए।
त्यही विषयमा सूर्यविनायकका नगर प्रहरी प्रमुख बिरबहादुर अधिकारीले आशिका तामाङसहित उनको समूहविरुद्ध आपराधिक उपद्रव कसुरमा प्रहरीमा जाहेरी दिएका थिए।
सोही कसुरमा प्रहरीले उनीहरूलाई दोषी ठहर गरेको हो। पाँच दिन कैदसहित उनीहरूलाई ५ सय रुपैयाँ जरिवाना, ८ हजार ३ सय रुपैयाँ दामासाहीले बराबर क्षतिपूर्ति र पीडित राहतकोषमा जनही २०० रुपैयाँ तिराउन आदेश भएको हो।
