रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलको २८ निवेदन

काठमाडौं, २९ साउन — आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा सदस्यको रुपन्देही–३ उपनिर्वाचनमा भाग लिन २७ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। आयोगका अनुसार साउन २१ गतेदेखि २७ गतेसम्मको म्यादभित्र २७ दलबाट २८ वटा निवेदन दर्ता भएका छन्।

Workplace

पार्टीभित्रको आन्तरिक विवादका कारण नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई समूहले छुट्टाछुट्टै निवेदन दिएका छन्। संरक्षक रेशमलाल चौधरी पक्षबाट रामलाल डगौराले साउन २३ गते दर्ता नं. ६ मा निवेदन दिएका थिए। यता अध्यक्ष रञ्जिता श्रेष्ठले अन्तिम दिन साउन २७ गते दर्ता नं. २५ मा निवेदन दिएकी थिइन्।

यसअघि साउन १५ गते नाउपाले रञ्जिता श्रेष्ठलाई हटाएर लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो। तर, निर्वाचन आयोगले श्रेष्ठलाई नै अध्यक्षका रूपमा निरन्तरता दिने निर्णय गरिसकेको छ। त्यसैले रेशम पक्षबाट रामलाल डगौराले दिएको निवेदन स्वतः खारेज हुने आयोग स्रोतले जनाएको छ। उम्मेदवार मनोनयनमा पनि श्रेष्ठकै हस्ताक्षर आधिकारिक मानिनेछ।

तराई–मधेश दलमा पनि एकता असफल भएको छ
रुपन्देही–३ मा नाउपालाई समर्थन गर्ने सहमति सात पार्टी सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाभित्र भए पनि एकता टुटेको छ। आन्तरिक विवादका कारण जनमत पार्टीले पनि छुट्टै निवेदन दिएको छ। यसअघि नाउपा र जनमत पार्टी एकताको अन्तिम चरणमा पुगेको खबर बाहिरिएको थियो।

अन्य दलहरुको सहभागिता  के त उपनिर्वाचनमा भाग लिन निवेदन दिने अन्य दलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत छन्।

निर्वाचन कार्यतालिका अनुसार, निवेदनको छानबिनपछि भदौ १ गते स्वीकृत दलको नामावली सार्वजनिक हुनेछ। असोज २१ गते उम्मेदवारी दर्ता हुने र कात्तिक १७ गते सोमबार मतदान हुने कार्यक्रम रहेको छ ।

यो उपनिर्वाचन राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिवंगत दीपक बोहोराको निधनका कारण हुन लागेको हो। धेरै राजनीतिक पार्टी मात्र नभई धेरै जनमानसमा पनि उक्त स्थानको चुनाब बारे चासो बडेको र सामाजिक संजालमा प्रचार प्रसार भइ रहेको देखिन्छ हेरौ उक्त स्थानमा कस्ले बाजि मार्छ त्यो भने हामी कार्तिक सम्म प्रखनु प्रने हुन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?