सरकारी निकायलाई चुनौती दिँदै समाजसेवी अक्कल बोहोरा ले बनाए मुगुकै ‘नमुना बाटो

समाचार सारांश
Auto Generated by AI
  • मुगुका समाजसेवी अक्कल बहादुर बोहराले व्यक्तिगत ४३ लाख लगानीमा १७ सय ढुङ्गाको सिँढीसहितको नमुना बाटो निर्माण गरेका छन्।
  • सरकारी निकायबाट सुनुवाइ नभएपछि उनले स्थानीयको साथ लिई थार्पा गाउँदेखि मालीकी माईसम्मको कष्टकर बाटोलाई सहज बनाएका हुन्।
  • यस कार्यले विकासका लागि सरकारी बजेट मात्र नभई दृढ इच्छाशक्ति र व्यक्तिगत पहल आवश्यक पर्ने सन्देश दिएको छ।

रतन रावल मुगु   राज्यको ढुकुटीबाट करोडौं बजेट विनियोजन हुँदा पनि कतिपय विकास निर्माणका कामहरू अलपत्र परिरहेका बेला मुगुका समाजसेवी अक्कल बहादुर बोहराले आफ्नो व्यक्तिगत लागत प्रयास र स्थानीयको साथ लिएर मुगु जिल्लाकै नमुना १७ सय ढुङ्गाका सिँढीको बाटो निर्माण गरेका छन्।वर्षौंदेखि थार्पा गाउँका बासीले आफूहरूलाई आवतजावत गर्न पशु चौपायालाई ओसारपसार गर्न निकै समस्या भएको र कर्णाली प्रदेशकै प्रसिद्ध देवता थर्पा मस्टा देखि माली कि माईसम्म जाने बाटो तेहि भएको ले त्यहाँका बासीहरूलाई आउजाउ गर्न निकै समस्या भएको कारण देखाउँदै त्यहाँका बासीले

Workplace

विभिन्न सरकारी निकायमा आफ्नो समस्या देखाउँदा पनि कुनै पनि निकायबाट समस्याको समाधान नभएपछि हाल स्पेनको कोस्टा ब्लंकामा बस्दै आउनुभएका समाजसेवी अक्कल बहादुर बोहोराले आफ्नै सक्रियतामा यो काम अघि बढाएका हुन्। सरकारले गर्न नसकेको काम एक व्यक्तिले हिम्मत गर्दा कसरी सम्भव हुन्छ भन्ने उदाहरण अहिले यो बाटो देखाएको छ। स्वर्गीय आमा गोरीकला बोहराको सम्झना र स्वर्गीय ससुरा बाको सम्झनामा ४३ लाखको लागतमा यो बाटो निर्माण भएको समाजसेवी अक्कल बोहरा ले बताए।

यो बाटो निर्माण भएसँगै स्थानीय बासिन्दाहरूलाई आवतजावतमा ठूलो राहत पुगेको स्थानीय बासी .. कर्णराज गिरीले भने विशेष गरी स्थानीयवासी बालबालिका र दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न पहिलेको तुलनामा अहिले निकै सहज भएको स्थानीयहरू बताउँछन्। धेरैले यसलाई मुगु जिल्लाकै एक ‘मोडल’ बाटोको रूपमा व्याख्या गरेका छन्।स्थानीयको प्रशंसा:अक्कल बोहोरा को यो कदमको अहिले मुगुम चौतर्फी प्रशंसा भइरहेको छ। “सरकारले बजेट छैन भनेर पन्छिने काम मात्र गर्‍यो, तर अक्कल जी ले देखाएको आँटले आज हाम्रो गाउँमा मुगुका कयौँ नेताले बनाउन नसकेको बाटो समाजसेवी बोहराले बनाए भनेर एक स्थानीय बासि गणराज गिरीले देउडा गित मार्फत खुसी व्यक्त गर्दै

भने।।…आवाज समाजसेवी बोहोराका अनुसार समाजमा परिवर्तन ल्याउन सधैं सरकारकै मुख ताक्नु पर्दैन भन्ने सन्देश दिन उनले यो पहल गरेका हुन्। उनले भने, “आफ्नो ठाउँको विकास आफैंले नगरे कसले गर्छ? सानो प्रयासले धेरैको जीवन सहज हुन्छ भने किन पछि हट्ने?”यो कार्यले विकासका लागि केवल बजेट मात्र होइन, बलियो इच्छाशक्ति र समाजप्रतिको उत्तरदायित्व पनि उत्तिकै आवश्यक हुन्छ भन्ने प्रमाणित गरेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?