गणेश नेपालीलाई शहिद घोषणा र परिवारलाई रोजगारको ग्यारेन्टी सरकारले लिनु पर्छ, पूर्वमन्त्री शाही

समाचार सारांश
Auto Generated by AI
  • पूर्वमन्त्री ऐनबहादुर शाहीले आत्मदाह गर्ने गणेश नेपालीलाई सहिद घोषणा गर्न माग गरेका छन्।
  • सरकारले मृतकका परिवारलाई रोजगारी शिक्षा र क्षतिपूर्तिको ग्यारेन्टी गर्नुपर्ने माग राखिएको छ।
  • माग पूरा नभएसम्म शव नबुझ्ने भन्दै मुगुवासीले काठमाडौंमा प्रदर्शन गरेका छन्।

रतन रावल मुगु —पूव वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आत्मदाह प्रयास पछि निधन भएका गणेश नेपालीलाई शहिद घोषणा र उनका परिवारको शिक्षा स्वास्थ्यको रोजगारको ग्यारेन्टी सरकारले लिनु पर्ने बताएका छन ।
हिजो त्रिपुरेश्वरमा राहदानी बिभाग आफनै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास पछि बीर अस्पतालमा उपचारको क्रममा निधन भएका मुगु सोरु गाउपालिका—१ का २५ बर्षिय गणेश नेपालीलाई शहिद घोषणा गर्नु पर्ने, उनकी श्रीमतिलाई रोजागर बच्चालाई शिक्षाको ग्यारेन्टी, मृतकका परिवारलाई उचित क्षेतिपूर्तीको ब्याबस्था सरकारले गर्नु पर्ने शाहीको भनाई छ ।
मोटर साइकल बाट पेट्रोल निकाले शरिरमा छर्केर आगो लगाउदा सम्म प्रहरी र नगर प्रहरीले के हेरेर बसेको हो उसलाई बचाउनु पर्देन पूर्ववन मन्त्री शाहीले आक्रोस पोख्दै भने उनले आत्मदाह गर्न खोज्यो उसलाई बचाउनु पर्दैन । हाम्रा माग सरकारले कार्यन्वयन नगर्दा सम्म मृतकको लास नबुझने उहाको भनाई छ ।बीर अस्पतालमा उपचारको क्रममा गणेश नेपालीको निधन भएपछि मुगुवासीले आज माइतघर मण्डला बीर अस्पताल परिसरमा प्रर्दशन गरेका छन । जन्मथलो छोडेर परिवार पाल्नकै लागि काठमाडौ आएका गणेश नेपालीको निधनले अत्यन्तै मर्माहित स्तब्ध बनाएको बताए । शोकाकुल परिवारजन प्रति हार्दिक श्रदाञ्जली उहाको भनाई छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?