अर्घाखाँची सन्धिखर्क ग्रिन ईङलिस बोर्डिङ्ग स्कूलका छात्राहरुलाई एचपिभी खोप सम्पन्न

अनिल नेपाली अर्घाखाँची – किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा’ भाइरस (एचपिभी) खोप अभियान सुरु भएको छ ।

Workplace

अहिले कक्षा ६ देखि १० सम्म पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गरिन लागिएको हो ।

किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोग लाग्नबाट बचाउन आजदेखि फागुन ६ गतेसम्म एचपिभी खोप अभियान सुरु भएको छ ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीले सन्धिखर्क स्थित सन्धिखर्क ग्रिन ईङलिस बोर्डिङ्ग स्कूलका छात्राहरुलाई एचपिभी खोप लगाएर एचपिभी खोप अभियान जिल्लामा सुरु गरेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मंगलबार विश्व क्यान्सर दिवसको अवसर पारेर देशभर र जिल्लाभरका अधिकांश विद्यालय (खोपकेन्द्र)मा खोप अभियान सुरु भएको जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले बताए ।

समन्वय समितिका प्रमुख कोइरालाले निरोगी नेपाल बनाउनका लागि सरकारले यस्ताखाले कार्यक्रम सधैं ल्याउन आवश्यक रहेको बताए ।

एचपिभी खोप अभियानले नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउन सहयोग पुग्ने कोइरालाले दाबी गरे । यस्तै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु उत्तम भएको बताए ।

अर्घाखाँची जिल्लाभर पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ८ हजार १७८ किशोरीलाई लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख शिव नेपालीले बताए ।उनका अनुसार अर्घाखाँचीमा २०६ खोपकेन्द्रबाट एचपिभी खोप लगाइदै छ । जिल्लाभरका १४५ विद्यालय र विद्यालय पहुँचबाहिर रहेका तथा खोप लगाउन छुटेका किशोरीलाई ६१ वटै वडाका स्वास्थ्य केन्द्रबाट खोेप दिइने उनको भनाई छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा माघ २९ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सुरु हुँदैछ भने अन्य पाँच पालिकामा आज अर्थात् माघ २२ गतेदेखि २८ गतेसम्म एचपिभी खोप अभियान संचालन भएको छ ।
पाठेघरको मुखको क्यान्सरका कारण कयौंले ज्यान गुमाइसकेका स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यक्रम संयोजक विजय विकले बताए । उनका अनुसार यो अवस्थालाई न्यूनिकरण गर्न सरकारले प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न यो अभियान संचालन गरेको बताए । यो खोपले स्वास्थ्यमा कुनैपनि असर नगर्ने विकले बताए ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?