ओलीको संदेश : “फेरि काँधमा काँध मिलाएर अघि बढौं”

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका विगतका नेता–कार्यकर्तालाई आफ्नै “राजनीतिक घर फर्किन” आह्वान गरेका छन् । लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र विकासको यात्रामा एमालेले खेलेको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै उनले अहिले फेरि देशको अस्तित्वमाथि संकट आइरहेको बताएका छ्न ।

Workplace

ओलीले भने, “निरंकुशताको अन्धकार हटाएर लोकतन्त्रको उज्यालो फैलाउने संघर्षमा एमाले सधैं अग्रपंक्तिमा रह्यो । अनेकौं प्रहार खेपेर राष्ट्रिय स्वाधीनता जोगाउने बलियो कवच यही पार्टी बन्यो । देशभक्तिको भावना जगाउने र विकासका संरचना निर्माण गर्ने कामको नेतृत्व पनि यही पार्टीले गरेको हो ।”

उनका अनुसार, एमाले केवल एउटा राजनीतिक संगठन होइन, जनताको रगत, पसिना र आँसुबाट बनेको विशाल परिवार हो । “यो पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन् । कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, धेरैले सानो–ठूलो योगदान गरेर यो घर अड्याए,” ओलीले उल्लेख गरेका छ्न ।

अध्यक्ष ओलीले देशको सार्वभौम अस्तित्वमाथि फेरि चुनौती खडा भइरहेको बताउँदै भने, “अहिले लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ । यस्तो बेला हामी मौन रहन सक्दैनौं । राष्ट्रिय एकता, स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ ।” उनले बताएका छ्न

त्यस अवसरमा उनले सबै नेता र कार्यकर्तालाई एकताका साथ अघि बढ्न आग्रह गर्दै भने, “जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो । फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं — देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं ।”

ओलीले एमालेलाई “जनताको विश्वासको घर”का रूपमा परिभाषित गर्दै राष्ट्रिय पुनर्जागरणको मुटु बन्ने दाबी गरे । उनले भने, “हामी एउटै परिवार हौं, हाम्रो लक्ष्य स्पष्ट छ — समृद्ध नेपाल, सुखी नेपाली । कोही अलमलमा नपर्नुस्, आउनुस् आफ्नै घरमा फर्किनुस् । साझा सपना साकार पार्न निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटन समेत आग्रह गरेका छ्न ।

उनले अन्त्यमा जोड दिदै  भनेका छ्न “एमालेले सुरु गरेको परिवर्तनको यात्रालाई कुनै शक्ति रोक्न सक्दैन । जनताको विश्वास र देशको स्वाभिमानका लागि हामी सधैं अग्रपंक्तिमा रहनेछौं ।”

पोछिल्लो समय कम्युनिस्ट हरु एक हुने भन्दै मादब कुमार र प्रचण्डले पार्टी एकीकृत गर्ने भन्दै बैठक गरिरहेको र एमाले बाट अल्क भएका एकीकृत समाजवादी पार्टीका केही नेता असन्तुष्ट हुदा ओलिको यो सन्देश पार्टी एकीकृतको लागि महत्त्वपूर्ण हुने जनाइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?