icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

बङ्गलादेश का नेता अजहर इस्लामलाई दिइएको मृ`त्यु दण्डको सजाय उल्टाएको छ

काठमाडौ – बङ्गलादेशको सर्वाेच्च अदालतले युद्ध अपराधको आरोपमा जमात–ए–इस्लामी बङ्गलादेश का नेता अजहर इस्लामलाई दिइएको मृ`त्यु दण्डको सजाय उल्टाएको छ ।

Workplace

बङ्गलादेशको १९७१ को स्वतन्त्रता युद्धको समयमा मानवताविरुद्धको अपराधका लागि सन् २०१४ को डिसेम्बर ३० मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अजहर इस्लामलाई सुनाएको मृत्युदण्डको सजायलाई उल्ट्याउँदै सर्वाेच्चले तत्काल रिहा गर्न आदेश दिएको बीबीसीले जनाएको हो  ।

सात सदस्यीय पुनरावेदन इजलासले उहाँको मृत्युदण्ड उल्ट्याएर रिहा गर्ने आदेश दिएको छ ।

यो इजलासको नेतृत्व बङ्गलादेशका प्रधानन्यायाधीश डा. सैयद रिफत अहमदले गर्नुभएको थियो ।

यदि अजहर इस्लामविरुद्ध अन्य कुनै मुद्दा छैन भने उहाँलाई तुरुन्तै रिहा गरिनुपर्छ भनेको खबरमा उल्लेख छ ।

अजहर इस्लामले दोषी ठहरविरुद्ध पुनरावेदन गर्नुभएकोमा पुनरावेदन महाशाखाले सन् २०१९ को अक्टोबर ३१ मा न्यायाधिकरणले तोकेको सजायलाई कायम राखेको थियो । त्यसपछि सन् २०२० को जुलाई १९ मा उहाँले पुनरावेदन महाशाखाको सम्बन्धित शाखामा पुनरावलोकन निवेदन दायर गर्नुभएको थियो । यो निवेदनमा सर्वाेच्चले आज सुनुवाइ गरेको हो ।

सर्वाेच्चको फैसलालाई लिएर जमात–ए–इस्लामी (बङ्गलादेश) का नेता अमिर शफिकर रहमानले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै न्यायको विजय भएको भन्नुभएको छ । यो फैसलाले सत्यलाई दबाउन सकिँदैन भन्ने प्रमाणित गरेको उहाँले बताउनुभयो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?