संविधानको असफलताले मुलुकलाई गम्भीर संकटमा पुर्‍याउने : गृहमन्त्री लेखक

 

Workplace

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक भएको दाबी गर्दै यसको असफलताले मुलुकलाई गम्भीर संकटमा धकेल्ने चेतावनी दिनुभएको छ।

शनिवार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानून समाजको कार्यक्रममा गृहमन्त्री लेखकले संविधानको सुदृढीकरण आजको आवश्यकता भएको बताउनुभयो। उहाँका अनुसार नेपालले ७० वर्षमा सात वटा संविधान निर्माण गर्नु राजनीतिक अस्थिरताको संकेत हो। पटक-पटक संविधान निर्माण गर्नु गलत भएकाले वर्तमान राज्य व्यवस्था र प्रणालीलाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

संविधानको स्थायित्व अनिवार्य

गृहमन्त्री लेखकका अनुसार नेपाल संसारकै विरलै राष्ट्रहरूमध्ये पर्दछ, जसले ७० वर्षमा सात वटा संविधान बनायो। उहाँले भन्नुभयो, “नेपालको संवैधानिक यात्राको सुरुआत २००४ सालदेखि भयो र २०७२ सालमा सातौं संविधान निर्माण गर्‍यौँ। सडक, पुल, विद्यालय बनाउने कुरा राम्रो भए पनि बारम्बार संविधान परिवर्तन गर्नु अस्थिरताको सूचक हो। संविधान असफल भएपछि अर्को निर्माण गर्न कम्तीमा २० वर्ष लाग्ने तथ्यलाई हामीले बुझ्नुपर्छ।”

उहाँले २०१९ सालको संविधान २०४७ सालमा कमजोर हुन थालेको उल्लेख गर्दै संविधानको असफलताले मुलुकलाई गम्भीर संकटमा पुर्‍याउने चेतावनी दिनुभयो।

कानूनी शासन लोकतन्त्रको आधार

लोकतन्त्रको स्थायित्वका लागि कानूनी शासन अनिवार्य रहेको गृहमन्त्री लेखकको भनाइ छ। “यदि कानूनी शासन छैन भने लोकतन्त्र पनि रहँदैन। शासन व्यक्ति होइन, विधिले गर्छ भन्ने स्थापित गर्न कानुन व्यवसायीहरूको अग्रणी भूमिका रहन्छ,” उहाँले भन्नुभयो।

उहाँले कानूनी शासन स्थापना गर्नका लागि कानुन व्यवसायीहरूले विचार निर्माण, प्रवाह र विस्तारमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

संविधानको पुनरावलोकन आवश्यक

गृहमन्त्री लेखकले संविधानलाई समयानुकूल बनाउँदै लैजानु पर्ने बताउँदै हरेक १० वर्षमा संविधानको पुनरावलोकन गरी दुर्वल पक्षको पहिचान र परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो। लोकतन्त्र अनुशासनको पद्धति भएकाले कानूनी शासन अनिवार्य रहेको उहाँले उल्लेख गर्नुभयो।।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?