मध्यपश्चिम विश्वविद्यालयको स्नातक तह शिक्षा शास्त्र संकाय दीक्षान्त समारोह: शिक्षा संकायमा मुगुका सूर्यनाथ योगीलाई ‘डिन पदक’ सहित स्वर्ण पदक

समाचार सारांश
Auto Generated by AI
  • मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह र १६औँ वार्षिक उत्सव सम्पन्न भएको छ।
  • मुगुका सूर्यनाथ योगीले शिक्षा शास्त्र संकायमा सर्वोत्कृष्ट अंक ल्याई स्वर्ण पदक प्राप्त गर्नुभएको छ।
  • शिक्षा मन्त्री सस्मित पोखरेलले योगीलाई पदक र प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको छ।

रतन रावल मुगु, असार ३ गते ।
मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा आज एक भव्य समारोहका बीच चौथो दीक्षान्त समारोह तथा १६औँ वार्षिक उत्सव सम्पन्न भएको छ। संघीय सरकारका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा उक्त विशेष समारोह आयोजना गरिएको थियो।सोही समारोहका बीच बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसका छात्र सूर्यनाथ योगीलाई प्रतिष्ठित ‘डिन पदक’ तथा स्वर्ण पदक (Gold Medal) बाट विभूषित गरिएको छ। साविक मध्यपश्चिमाञ्चलको विकट जिल्ला मुगुको सोरु गाउँपालिका वडा नं. ९, कालै स्थायी ठेगाना भई हाल अध्ययनको सिलसिलामा कोहलपुर बस्दै आउनुभएका योगीले मध्यपश्चिम विश्वविद्यालय, शिक्षा शास्त्र संकाय तर्फ सर्वोत्कृष्ट सीजीपीए (CGPA) हासिल गर्दै उक्त सफलता प्राप्त गर्नुभएको हो।समारोहका अध्यक्ष एवं माननीय शिक्षा मन्त्री सस्मित पोखरेलले उत्कृष्ट अंकसहित विश्वविद्यालय टप गर्ने योगीलाई पदक तथा प्रमाणपत्र हस्तान्तरण गर्दै उज्ज्वल भविष्यको कामना गर्नुभयो। विकट भूगोलबाट आएर पनि उत्कृष्ट नतिजासहित स्वर्ण पदक प्राप्त गर्न सफल भएकोमा योगीलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना संकलन भइरहेको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?