
- स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ।
- छापावाल सुन प्रतितोला तीन हजार ६०० रुपैयाँ बढेर तीन लाख तीन हजार १०० पुगेको छ।
- चाँदीको मूल्यमा पनि १५० रुपैयाँ बढेर चार हजार ७७५ रुपैयाँ कायम भएको छ।
काठमाडौ -स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँले बढेर तीन लाख तीन हजार १०० रुपैयाँ कायम भएको हो ।
बिहीबार प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ रहेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार प्रतितोला चार हजार ६२५ रुपैयाँ रहेको चाँदी शुक्रबार १५० रुपैयाँले बढेर चार हजार ७७५ रुपैयाँमा कारोबार भयको छ ।
