२ चैत्र २०८२, सोमबार

बीपी राजमार्गको स्थायी पुनर्निर्माण कार्यले तिव्रता

काठमाडौ – बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको स्थायी पुनर्निर्माण कार्यले तिव्रता पाएको छ । डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार आउँदो वर्षाअघि नै जोखिमयुक्त ठाउँको पूर्वाधार निर्माण सक्ने लक्ष्य छ ।

Workplace

कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार काभ्रेतर्फका तीन सडकखण्डमा अहिलेसम्म २५ प्रतिशत काम सम्पन्न भइसकेको छ । सम्पूर्ण पुनर्निर्माण कार्य भने आउँदो दुई वर्षभित्र सक्ने लक्ष्य छ ।

क्षतिग्रस्त झन्डै ३० किलोमिटर सडकको पुनर्निर्माणमा दुई लेनको सडक र पाँचवटा पुललाई पनि दुई लेनमा स्तरोन्नति गरिने छ ।

यस काममा जापानी सहयोग नियोग जाइकाले झन्डै २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान दिने समझदारी भइसकेको छ भने सरकारले कूल ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ ।

यो सडक नेपालको पूर्वी क्षेत्रलाई सङ्घीय राजधानी काठमाण्डौसँग जोड्न महत्त्वपूर्ण छ ।

रामेछाप, सोलुुखुम्बु, ओखलढुङ्गा, खोटाङ लगायतका जिल्लाबाट काठमाण्डौ आवातजावात गर्ने सबैजसो गाडीहरु यही सडक प्रयोग गर्छन् भने सिन्धुली, उदयपुर लगायत मध्यपहाड र पूर्वको पहाड तथा तराईबाट पनि छोटो दुरीमा रूपमा यही सडक प्रयोग हुन्छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

मुगुका विद्यार्थीलाई लायन्सको सहयोग, तीन विद्यालयमा झोला वितरण

छुटाउनुभयो कि ?