दशैं–तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने प्रचण्डको चेतावनी

समाचार सारांश
Auto Generated by AI
  • दशैं-तिहारपछि सरकारविरुद्ध सडक आन्दोलन गर्ने प्रचण्डको चेतावनी।
  • सरकारले नागरिकमाथि दमन गरेको भन्दै प्रतिपक्षी दलहरूसँग सहकार्यको तयारी।
  • नयाँ सरकारको गतिविधिले जनतामा रहेको भ्रम चिरिँदै गएको दाबी।

काठमाडौ – नेपाली कम्युनिस्ट पार्टी नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं–तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ।

Workplace

शुक्रबार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले चाडपर्वपछि देशको परिस्थितिको मूल्यांकन गरेर सरकारका गतिविधिविरुद्ध आन्दोलन गर्ने तयारी भइरहेको बताउनुभयो।

सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी तथा ट्रेड युनियनलगायतमाथि दमन गरेको आरोप लगाउँदै प्रचण्डले त्यसविरुद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ। सरकारले सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ। त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको पनि तयारीमा छौँ।

चाडपर्वपछि ‘प्रतिक्रान्तिकारी षड्यन्त्र’विरुद्ध नयाँ पहलकदमी र प्रतिवादसहित आन्दोलन अघि बढाउने उहाँले भन्नुभयो ।

प्रचण्डले वर्तमान सरकारका गतिविधिका कारण जनतामा रहेको भ्रम क्रमशः हट्दै गएको दाबीसमेत गर्नुभयो। स्थापित राजनीतिक दल, नेता र उनीहरूका एजेन्डाप्रति जनताको आकर्षण पुनः बढ्दै गएको उहाँको दाबी छ।

अहिले केही महिनाभित्रै यो नयाँ भनिएको सरकारका क्रियाकलापले जनतामा जुन दिग्भ्रमजस्तो भएको थियो, त्यो अब चिरिँदै छ। जुन भ्रम थियो, त्यो च्यातिँदै छ। र एउटा नयाँ ढंगले फेरि स्थापित पार्टीहरू, स्थापित नेताहरू र उनीहरूको एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै छ,’ उहाँको भनाइ छ।

मधेश, वाग्मतीलगायत देशका विभिन्न क्षेत्रमा पुग्दा नेपाली कम्युनिस्ट पार्टीप्रति जनताको आकर्षण बढिरहेको आफूले महसुस गरेको उहाँले दाबी गर्नुभयो।

‘हामी सबै आ–आफ्नो ठाउँबाट जनतामा गयौँ र जनतालाई बुझाउन सक्यौँ भने जनता छिट्टै हाम्रो आन्दोलनमा आउन सक्ने अवस्था छ।

प्रचण्डले सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको आरोपसमेत लगाउनुभयको हो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?