संविधान दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि हो : प्रधानमन्त्री कार्की

   लोकतन्त्र जनआवाज सुन्ने, संवाद गर्ने र समाधान  खोज्ने   प्रणाली हो : प्रधानमन्त्री कार्की

३ असोज, काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताएकी छन्।

Workplace

संविधान दिवस २०८२ का अवसरमा सैनिक मञ्च टुँडीखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले संविधान दिवस केवल उत्सव मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिनसमेत भएको स्पष्ट पारिन्।

उनले जेन–जि पुस्तादेखि विगतका प्रतिबद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र र निष्पक्ष न्यायपालिका, कानूनी राज्य र सुशासनजस्ता लोकतान्त्रिक मूल्य–मान्यतामा खरो रूपमा उत्रिन नसक्नु आजका चुनौती भएको समेत बताइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “अन्तर्राष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनको बारेमा जानकार भएका युवापुस्ताले उठाएका रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकासजस्ता सवालहरू सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा हुन्। यी एजेन्डालाई आत्मसात् गर्दै जनअपेक्षा बमोजिम काम गर्न यो सरकार प्रतिबद्ध छ।”

उनले वर्तमान सरकार युवापुस्तासहित सबै नागरिकका आशा–अपेक्षाअनुरूप काम गर्ने  समेत विश्वास दिलाइन्।

प्रधानमन्त्री कार्कीले आफू कुनै शासकीय आकांक्षा बोकेर वा पदको लालसा लिएर प्रधानमन्त्री नभएको प्रष्ट पारिन्। उनले संकटग्रस्त अवस्थामा परिवर्तनकामी युवा पुस्ताको अनुरोधका आधारमा संक्रमण व्यवस्थापन गर्न अग्रसर भएको बताइन्।

उनले भनिन्, “मैले कुनै पदको लोभ वा शासकीय आकांक्षा बोकेर प्रधानमन्त्री भएकी होइन। देश संकटमा रहेको बेलामा युवापुस्ताको आग्रहअनुसार संविधान बमोजिम संक्रमणको व्यवस्थापन गर्दै ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री भएकी हुँ।”

संविधान दिवस : साझा गौरव हो  सम्बोधनको अन्त्यमा प्रधानमन्त्री कार्कीले संविधान दिवसलाई सम्पूर्ण नेपालीले गौरवका साथ मनाउने दिन भएको उल्लेख गरिन्। उनले संविधानले दिलाएको अधिकार, स्वतन्त्रता र समानताको जगमा देशलाई सुशासन, समृद्धि र न्याययुक्त समाजतर्फ अघि बढाउन सबैलाई आह्वान  समेत गरिन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?