इनिशाको न्यायको लागि मुगुमा पनि प्रशासन मार्फत ध्यानाकर्षण पत्र बुझाइयो।

रतन बहादुर रावल , मुगु
फागुन २९ गते
सुर्खेतकि १६ वर्षीया किशोरी इनिशा बि.क. माथि भएको बलात्कारपछि हत्या घटनाको विरोधमा मुगुमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ । पत्रकार खड्क सुनारको नेतृत्वमा नागरिक समाज , राष्ट्यि लोक तथा दोहोरी गित प्रतिष्ठान र अन्य सरोकारवाला निकायको समन्वयमा शुक्रवार जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री मार्फत गृह मन्त्रालय समक्ष गम्भीर ध्यानाकर्षण पत्र सञ्चारकर्मी सुनारले हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा सहभागी तथा

Workplace

सरोकारवालाले घटनाको घोर भत्र्सना गर्दै हस्ताक्षर गरेर जिल्ला प्रशासन कार्यालय मुगुमा बुझाएका हुन ।
समाजमा बढ्दो महिला हिंसाविरुद्ध सचेतना फैलाउन र अपराधीलाई कानुन अनुसार कडा सजाय दिनुपर्नेमा जोड दिएका छन् । सहभागीहरूले ‘इनिशालाई न्याय दीनुपर्छ ‘बलात्कारविरुद्ध कडा कानुन लागू गर’, ‘महिला हिंसा अन्त्य गर’ लगायतका कुराहरु उठाएका थिए । उनीहरूले यस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई उमेरको आधारमा संरक्षण गर्ने प्रयास नगर्न र अपराधको गम्भीरता अनुसार कडा कारबाही हुनुपर्ने माग समेत राखेका छन् । ध्यानाकर्षणपत्रमा भनिएको छ , सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया दलित किशोरी बालिका इनिसा बिक माथि भएको बलात्कार पश्चात् हत्या जस्तो जघन्य, अपराध अमानवीय तथा स्तब्ध बनाउने घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यस घटनाले बालबालिका तथा महिलाको सुरक्षा, कानुनी राज्यको कार्यक्षमता तथा समाजमा न्यायको अवस्था सम्बन्धमा गम्भीर प्रश्नहरू उब्जाएको छ । उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष, पारदर्शी , राजनितिक खेलवाड नगरी तथा तीव्र अनुसन्धान मार्फत प्रचलित कानुन बमोजिम कडा कारबाही गरियोस् भनी हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ ।
साथै, यस्ता घटनाहरू पुनः नदोहोरिन प्रभावकारी सुरक्षा संयन्त्र, निगरानी प्रणाली तथा बालबालिका संरक्षणका कार्यक्रमहरू सुदृढ गर्न आवश्यक देखिन्छ। यस सन्दर्भमा निम्न बुँदाहरूमा विशेष ध्यान दिन आग्रह गरिएको छ । ध्यानाकर्षण बुझ्दै प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले भने यो पत्र गृह मन्त्रालयमा तत्कालै पठाउने र यस बारे जानकारी गराउने बताए । ईनिसा एउटा उदाहरणको पात्र मात्र नभएर हाम्रा दिदि बहिनी , छोरीहरुको लागि पनि एउटा सन्देशको कुरा भएको जानकारी गराए । सुर्खेत जिल्लाको वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई हाल वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया दलित किशोरी बालिका इनिसा बिक माथि भएको बलात्कार भएर हत्या गरिएको थियो ।
कार्यक्रममा नागरिक समाज मुगुका अगुवा रुपबहादुर मल्ल , राष्ट्यि लोक तथा दोहोरी गित प्रतिष्ठानका सम्भव सुनार , सोविना भाम , बिर्खे बहादुर मल्ल लगायत अन्य सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
रतन रावल
लेखकको बारेमा

रतन रावल

रावल नेपाल खाेज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?