जेन्जी आन्दोलनको विषयमा पत्रकार गुरुदेव खनाल प`क्राउ

अर्घाखाँची – जेन्जी आन्दोलनसँग सम्बन्धित घटनामा स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष गुरुदेव खनाललाई प्रहरीले पक्राउ गरेको छ।

Workplace

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्वारा जारी विज्ञप्तिअनुसार खनालसँगै पुष्कर पौडेल र चुरामाणी डुङाना लाई पनि नियन्त्रणमा लिइएको हो। उनीहरूलाई जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ। र अन्य आरोपित हरुको खोजतलास समेत भएको प्रहरीले जनाएको छ ।

भदौ २४ को जेन–जी प्रदर्शनका क्रममा सन्धिखर्क हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो । घर आगजनी र तोडफोड गरेको भन्दै मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले असोज अन्तिमतिर खनाल, पौडेल र ढुंगानासहित ११ जनाविरुद्ध अर्घाखाँची जिल्ला अदालतमा जाहेरी दिएकी थिइन् ।

पत्रकार गुरुदेव खनाल पछिल्ला दिनमा अर्घाखाँचीमा भइरहेका भ्रष्टाचार, बेथिति र अन्याय विरुद्ध निरन्तर रूपमा आवाज उठाउँदै आएका थिए। साथै, उनी जेन्जी आन्दोलन मा पनि सक्रिय रूपमा सहभागी रहेका थिए।

प्रहरीले पक्राउ प्रक्रिया कानुनी प्रावधानअनुसार अघि बढाइएको जनाएको छ।

विज्ञप्ति : जिल्ला प्रहरी कार्यालय, अर्घाखाँची

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?