काठमाण्डौं– आज सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ ।

सुन आज तोलाको ३ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी तोलाको ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
