icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

राजश्व छलीको सामानसहित दुई जना नियन्त्रणमा, बलेरो पिकअपसहित रु. १२ लाखभन्दा बढीको सामान बरामद

रुपन्देही — रुपन्देहीको रोहिणी गाउँपालिका–४, छिपागढमा राजश्व छलि गरी बिल–बिजक बिना ओसारपसार गरिँदै गरेको प्रिन्टर तथा प्रेससम्बन्धी सामानहरू प्रहरीले बरामद गरेको छ।

Workplace

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले नवलपरासीको पालिनन्दन गाउँपालिका–२ निवासी १९ वर्षीय साहिद कुजडाले चलाएको लु २ च १९३८ नम्बरको बलेरो पिकअप रोकी जाँच गर्दा राजश्व चोरी गरी ओसारपसार गरिएको अनुमानित रु. १२,३४,५७३ बराबरको सामग्री फेला पारेको हो।

सो क्रममा गाडी चालक कुजडासहित भारत उत्तर प्रदेशको महाराजगंज जिल्ला, राजावारी दुथिबरी निवासी ४० वर्षीय सिताराम रौनियारलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाडी, सामान र नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?