लुम्बिनी — अर्घाखाँचीमा एक समाजसेवी सबै जिल्ला बासिका भरोसाका केन्द्र अनुभवी राजनितीज्ञको हुनुहुन्छ पितम्वर भुसाल ।२०२७सालमा अर्घाखाँचीको बाँगी गाबिमा जन्मनु भएका भुसाल आदर्श मावी खनदह पढदै गर्दा १४बर्षको कलिलो उमेर देखि प्रगतिशील अग्रगामी पार्टी नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बाट आफ्नो राजनीति यात्रा सुरुगर्नुभएको हो।

सानैदेखी तृष्णा बुद्धिका उहाँ२०५४सालको स्थानीय तह निर्वाचनमा बाँगी गाविस बाट नेकपा एमालेको तर्फबाट गाविस अध्यक्षमा निर्वाचित हुनुभयो ।उहाँ एमालेको गाउँ ,इलाका ,क्षेत्रीय हुँदै जिल्ला सदस्य भइ ऐले अर्घाखाँची जिल्लामा नेकपा एमालेको तर्फबाट दोस्रोपटक जिल्ला अध्यक्षको रुपमा नेतृत्व गर्नुभएको छ। अर्घाखाँचीको माटो त्यहाँको समाज बस्तुस्थिती त्यहाँको हावापानी त्यहाँको धर्म सस्कृती रितिरिवाज जनताका इच्छा आकाङ्क्षा चाहना समस्या राम्रोसँग बुझनुभएका भुसाल एक अनुभवी राजनीतिज्ञ हुनुहुन्छ।
उहाँले धेरै अर्घाखाँची बामपंथी नेतागण बुद्धिजीवीलाई एमालेको तर्फबाट पटक पटक रुपमा बिजय गराइ आफुलाइ एक सफल राजनीतिज्ञको रूपमा आफुलाइ स्थापित गर्नुभएको छ।जस्तै २०५६सालको सँसदिय निर्वाचनमा पहिलोपटक अर्घाखाँची जिल्लाबाट बामपंथीको किल्ला स्थापित गरि डाक्टर डिल्लीराज खनाललाई बिजय गराउने देखि ७०मा दुमन थापा र त्यसपछिको निर्वाचमा टोपबहादुर रायमाझीलाई पटकपटक बिजय गराउनु र अर्घाखाँचीमा एमालेको बिचार र नेतृत्वलाई स्थापित गर्न नेकपा एमालेको एउटा गडको रुपमा स्थापित गर्नुमा उहाँको प्रभुख भुमिका देखिन्छ। गत ७९को निर्वाचनमा प्रदेश तथा संसदीय निर्वाचनमा एमालेलाई जिल्लाबाट क्लिनसिप गराउन सम्पुर्ण जिल्लाभर एमालेलाई बिजय गराउन उहाँको उल्लेख्यभुमिका देखिन्छ।त्यसै स्वरुप उहाँलाई एमाले पार्टीले ७७जिल्ला बाट उत्कृष्ट जिल्लाको उपाधी उहाँलाई प्रधान गरेको थियो।
मदनले प्रतिपादन गतेको सिद्धान्त जनताको बहुदलीय जनबाद जबज एमालेले लिएको एउटा बिचार हो। एमालेले विश्व कम्युनिस्टको कुरा गर्नेहो भने माक्र्सवाद लेलिनका बिचारहरु अङालेको छ।केपि ओलिले लिएको नारा ” सुखी नेपाली, समृद्ध नेपाल “नेकपा एमालेको प्रमुख बटम लाइन हो। जसमा जसको नीति उसैको नेतृत्व हुनुपर्छ भन्ने एमालेको उदेश्य रहेको छ। नेकपा एमाले सर्वहारा दुखी गरिव मजदुर किसान सबै जात, जाती भासा भासी संस्कृतिलाइ सम्मान गर्ने उनिहरुका इच्छा चाहाना अनुसार चल्ने नेपाल र नेपालिको पार्टी र एउटा देश भक्त पार्टी हो।जससँग लगभग तीन करोड जनताको भावना आस्था जोडिएको छ।
नेपालमा कम्युनिस्ट स्थापना भएको लगभग चारदशक पछिमात्र बामपंथी बाट २०५१ सालमा पहिलो प्रधानमन्त्रीको रुपमा मनमोहनले नेतृत्व गर्नुभएको थियो उक्त्त नौ महिने आफ्नो सानो शासन कालमा प्रधानमन्त्री मनमोहनले आफ्नो गाउँ आफै बनाऔं जेष्ठ नागरिकलाई वृद्ध भत्ता कार्यक्रम देखि धेरै बिकाश बादी कामगरी जनताको आकर्षकको केन्द्र बन्नुभयो र त्यहीँबाट सुरुभयो एमाले एकमात्र देशमा जनता र देश बिकास गर्ने पार्टी भनी।त्यसपछि देशमा दशबर्से दन्द भयो जसको समाधान नेकपा एमालेले प्रमुख रुपमा गर्यो। लगत्तै संविधान सभाको चुनाव भयो देशमा संविधान बनाउने र ७२सालको भुइचालोले जनतालाइ परेको समस्या लाई हल गर्ने भारतिय नाकाबन्दी विरुद्ध दरिलो प्रतिबाद गर्ने जनताको लागि नेपाल र नेपालिको लागि बिकासको मुल फुटाउने उद्योग धन्धाको बिकास गरि रोजगारी सिर्जना गर्ने भारतसग भएका विवादित अतिक्रमण ठाउको इपिजी मार्फत समस्याको समाधान गर्ने काम होस वा कालापानी लिपुलेख लिपियाधुराको अतिक्रमण भुमी फिर्ता गर्ने काम केपि ओलि प्रधानमन्त्री भए पश्चात् भएकाछ्न।उनले चाइनासँगको बिआर आइ सम्झौता उनैले गरेका छ्न।मध्यपहाडी राजमार्ग मदनभन्डारी राजमार्ग देखि सुरुङ्गमार्ग निर्माण सिंचाइ खानेपानी जस्ता धेरै बिकासात्मक काम एमालेको कार्यकालमा भएको पाइन्छ।
अर्घाखाँचीमा उठेका उम्मेद्बार मद्धे उहाँ एउटा अब्बल उम्मेद्बारको रुपमा अनुभवी ब्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।छ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका छ्न ।त्यहाँको मुख्य पेशा कृषिमा आधारित छ। अर्घाखाँची एउटा सुन्दर जिल्ला हो र एउटा धार्मिक पर्यटनकोको लागि आकर्षकको केन्द्र रहेको जिल्ला पनि जस्तै सुपादेउराली मन्दिर पाणिनी तपभुमी जहाँ पाणिनी ऋषिले तपस्या गरि सस्कृतको ब्याकरण लेखेका थिए ।कालिकाठी मन्दिर सत्तले गुफा अर्घा मन्दिर मालारानी मन्दिर क्षत्रदेव मन्दिर बलकोट पौवा आधी धेरै धार्मिक एवम् पर्यटकियको केन्द्र अर्घाखाँची जिल्ला भनी चिनिन्छ।यसमा पनि धार्मिक पर्यटनकोप्रमुख केन्द्र बिन्दुमा सुपादेउराली मन्दिर र पाणिनि तपभुमि बिस्वचर्चित बन्न पुगेका छ्न।त्यसक्षेत्रमा थप बिकास निर्माण गर्न ब्यबस्थित गर्ने थप धार्मिक आन्तरिक तथा बाहय धार्मिक पर्यटनको आकर्षकको केन्द्रबिन्दु गराउन उहाँले कदम चाल्नुपर्ने छ।
अर्घाखाँचीको किसानको लागि आधुनिक कृषि प्रणाली, उन्नत बीउ, मल उचित कृषि यान्त्रिकि करणको उपलब्धता ,गुणस्तरीय शिक्षा दीक्षा जिल्लामा भएका खानेपानीका समस्या बाटोघाटोको ब्यबस्थित गर्ने कार्य र नौमुरे जलविद्युत आयोजना संचालन गर्न ।त्यहाँ उत्पादन मुलक उद्योग खोली जिल्लामा रोजगारीको सिर्जना गरि बिदेशमा गएका युवासक्ती लाई स्वदेश तान्नेआकर्षण, घरमै बसि जिविका निर्वाह गर्ने बाताबरण , बेरोजगार युवालाइ रोगगारी सिर्जना गर्ने ,किसानले उत्पादितगरेको कृषि सामाग्रीको सहजीकरण ।उपचारको लागि राम्रो हस्पिटल ।जनताको शान्ति सुरक्षा ब्यबस्थित बासोबास गर्न उहाँको आबस्यकता ठूलो छ।
अर्घाखाँचीमा भएकासालझन्डी ढोरपाटन सडक सुपादेउराली सडक थप ब्यबस्थित पार्ने अन्य विभिन्न बाटोघाटो खानेपानी सिंचाइ कृषि धेरै एमालेको पहली कदममा बिकाश भएका छ्न।यसलाई थप बिकास गर्नको लागि सम्रग अर्घाखाँचीको बिकाशको लागि ऐलेका जल्दाबल्दा एक अनुभवी समाजसेवी राजनीतिज्ञ ब्यक्तिबालक देखि युवा, वृद्ध सबै, जिल्लाका आर्कसणका केन्द्र ,पिताम्वर भुसालको आबस्यकता ठूलो छ। समग्र अर्घाखाँचीको हितको लागि र बिकाशको जिल्ला स्थापित गर्नको लागि उहाँको आबस्यकत्ता हो ।आशा छ अर्घाखाँची का न्यायप्रेमी बुवाआमा ,बौद्धिक युवाबर्ग, समग्र मतदाताले उहाँलाई यहीँ फागुन २१गते हुन गइरहेको संसदिय निर्वाचनमा नेकपा एमालेको सुर्यचिन्हमा मतदान गरि अत्यधिक बौमतकासाथ बिजय गराउनुहुनेछ।
( काशीराम घिमिरे अर्थाशास्त्री लेखक तथा बिश्लेशक।)
