icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

अस्ट्रेलियामा दैत्यको जस्तो सिङ भएको माैरी भेटियाे, नाम ‘लुसिफर’ राखियाे

अस्ट्रेलियाली वैज्ञानिकहरूले साना सिङ भएको रैथानी मौरीको एउटा नयाँ प्रजाति पत्ता लगाएका छन् ।

Workplace

टाउकोमा दैत्यका जस्ता दुइटा साना सिङ भएकाले वैज्ञानिकहरूले मौरीको नाम ‘लुसिफर’ राखेका बीबीसीले जनाएको छ ।

पर्थबाट ४ सय ७० किलोमिटर पूर्वमा रहेको पश्चिमी अस्ट्रेलियाको गोल्डफिल्ड क्षेत्रको ब्रमर रेन्जमा एउटा दुर्लभ जङ्गली फूलबारे अध्ययन गरिरहँदा खोजकर्ताहरूले ‘मेगाकाइल लुसिफर’ नामक मौरी फेला पारेका हुन् ।

‘मेगाकाइल लुसिफर’ मा भेटिएको अत्यन्तै विशिष्ट प्रकारको सिङ पोथी मौरीमा मात्रै पाइने खबरमा उल्लेख छ ।

पोथी मौरीले ती सिङ सम्भवतः परागकरण र रस सङ्कलन गर्न अथवा गुँड बनाउनका लागि चाहिने चिपचिपे पदार्थ जम्मा गर्न प्रयोग गर्ने वैज्ञानिकहरूले बताएका छन् ।

अध्ययनको नेतृत्व गरिरहनुभएकी कर्टिन विश्वविद्यालयकी वैज्ञानिक डाक्टर किट प्रेन्डरगास्टले आफूले नेटफ्लिक्समा ‘लुसिफर’ नामको सिरिज हेरिरहँदा नयाँ प्रजातिको मौरीको नाम ‘लुसिफर’ राख्न प्रेरित भएको बताउनुभयो ।

उहाँका अनुसार यो मौरी यस परिवारमा २० वर्षयता फेला परेको नयाँ प्रजाति हो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?