
- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि आज भारत प्रस्थान गर्नुभएको छ।
- उहाँले भारतीय उच्च अधिकारीहरूसँग द्विपक्षीय आर्थिक र कूटनीतिक विषयमा छलफल गर्नुहुनेछ।
- भ्रमणका क्रममा उहाँ विभिन्न औद्योगिक तथा व्यावसायिक कार्यक्रममा सहभागी भई शनिबार स्वदेश फर्कनुहुनेछ।
काठमाडौ – अर्थमन्त्री डा.स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

भारत सरकारको निमन्त्रणामा उहाँ आज नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको उहाँको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री डा वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमण, पूर्वविदेशसचिव श्याम शरण, भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ताको गर्ने कार्यक्रम छ । वाग्ले भोलि भारत व्यापार सम्वद्र्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुनुहुनेछ ।
त्यसैगरी, पर्सि शनिबार भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुनेछ । उहाँ शनिबार दिउँसो स्वदेश फर्कने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ
