icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

जेन–जी आन्दोलनकै उपज हो प्रलोपा : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलेपा) का संरक्षक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई जेन–जी आन्दोलनको प्रत्यक्ष उपज भएको बताएका छन्।

Workplace

आइतबार काठमाडौँमा आयोजित पार्टी घोषणा सभामा सम्बोधन गर्दै उनले प्रलेपालाई जेन–जी पुस्ताको चेतना, ऊर्जा र मुद्दाबाट जन्मिएको नयाँ राजनीतिक शक्तिका रूपमा बुझ्न सबैलाई आग्रह गरे।

उनका अनुसार नयाँ पुस्ताको सोच, आवाज र परिवर्तनको आकांक्षालाई आत्मसात् नगर्ने हो भने प्रलोपाको अस्तित्व नै अर्थहीन हुनेछ।

डॉ. भट्टराईले भने,  “यो पार्टी भनेको जेन–जी आन्दोलनको उपज हो। जेन–जी पुस्ताको पार्टी भनेर बुझिएन भने यसको कुनै अर्थ हुँदैन। अबको मुख्य एजेन्डा भनेकै युवापुस्ताको चेतना, आवाज र वर्तमान युगका चुनौती–अपेक्षासँग पार्टीलाई जोड्नु हो।”

उनले पार्टी नेतृत्व, नीति तथा कार्यक्रम सबैले युवा पुस्ताको माग पूरा गर्न सक्षम भएको प्रमाणित गर्नुपर्ने उल्लेख गरे।

डॉ. भट्टराईले पुरानै शैली, पुरानै बखान र नेतामुखी राजनीति छोडेर युगानुकूल, डिजिटल पुस्ताको आकांक्षा पूरा गर्ने वैकल्पिक राजनीतिक अभ्यास विकास गर्नुपर्नेमा जोड दिए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?