icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

आज मिति २०८२ श्रावण २५ गते आईतवार आजको राशीफल

 

Workplace

मेष- व्यावसायिक काममा फाइदा हुनेछ। तर, तत्काल खर्च गर्नुपर्ने बाध्यता आइलाग्‍नेछ। अप्रिय समाचारले मन खिन्‍न रहला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ।

वृष- विगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति विश्‍वास नलाग्‍न सक्छ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्‍ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्‍ठा कमाउने बेला छ।

मिथुन- गरिआएको कामलाई निरन्तरता दिन सकिनेछ। आश्‍वासन दिएर झुक्याउनेहरूले सताउनेछन्। विभिन्‍न सहयोग र उपहार पाइनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ।

कर्कट- सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही बिश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। समयमा होश नपुग्‍नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्‍न गर्दा पनि उपलब्धि हासिल गर्न मुस्किल पर्नेछ।

सिंह- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको मौका छ। शुभचिन्तकहरूको सुझाव बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सदविचारबाट अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कन्या- बन्धुबान्धव, इष्‍टमित्रसँग असमझदारी बढ्न सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा पनि राम्रै प्रगति होला। तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च बढ्ने योग छ।

तुला- आजको प्रयत्‍न निष्‍फलजस्तै रहला। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्‍नको उचित मूल्य नपाइने समय छ। स्वादिष्‍ट भोजनको आनन्द पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। सहयोगीहरूले पनि त्यति साथ नदिन सक्छन्।

वृश्‍चिक- अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। अरूले आलोचना गर्न सक्छन्। काममा रोकावट र मानसम्मानमा आघात पुग्‍ने समय छ। फाइदा कम मात्र हुनेछ। पठनपाठनमा त्यति समय दिन नसकिएला।

धनु- व्यापार र उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व र प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि-चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

मकर- खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्‍ने देखिन्छ। पढाइ-लेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि त्यति फाइदा नहोला। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।

कुम्भ- सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला। प्रयत्‍न गर्दा मौकाको फाइदा लिन सकिनेछ। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्‍ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ।

मीन- काममा अवरोध आउने समय छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ। आयआर्जन पनि राम्रै हुनेछ। प्रतिष्‍ठित काम गर्ने मौका छ। आत्मविश्‍वास बढ्नेछ। विशिष्‍ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार उपहार पाइने योग छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?