icon
निर्वाचन
२६ माघ २०८२, सोमबार
icon
निर्वाचन

सगरमाथा आरोहणपछि मुगुका अक्कल बोहराद्वारा सहयोगी मिकमा डोप्पा शेर्पालाई स्पेनमा भव्य स्वागत

रतन रावल मुगु । विकट हिमाली जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका–१३ थार्पामा जन्मिएका पूर्व धबा खेलाडी तथा समाजसेवी अक्कल बोहराले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । आरोहणको यात्रामा बोहरालाई साथ र मार्गदर्शन गर्ने पर्वतारोही मिकमा डोप्पा शेर्पाको पनि महत्वपूर्ण योगदान रहेको बताइएको छ।

Workplace

अक्कल बोहराले आरोहणका क्रममा कर्णाली र राराको पानी बोकेर सगरमाथाको टुप्पोमा पु¥याएका थिए। उनले आफ्नो सफलतामा मुगाली, कर्णालीबासी र सम्पूर्ण नेपाली समुदायको माया–स्नेहको हात रहेको बताएका छन्। आरोहण सहज र सफल बनाउन मिकमा डोप्पा शेर्पाले महत्वपूर्ण सहयोग पुर्याएकोमा बोहराले कृतज्ञता प्रकट गरेका छन्।

सगरमाथा आरोहणपश्चात दुबै जना हाल स्पेनको कोस्टा ब्लाङ्कामा रहेका छन्। त्यहाँ नेपाली समुदायले अक्कल बोहरा र मिकमा डोप्पा शेर्पालाई भव्य स्वागत गरेको छ। स्वागत कार्यक्रममा अक्कल बोहराले आफ्नो आरोहण सफल बनाउन मिकमा शेर्पाको अमूल्य योगदानलाई स्मरण गर्दै विशेष सम्मानसमेत गर्नुभएको छ।

बोहराले स्वागत कार्यक्रममा भन्नुभयो, “सगरमाथा आरोहण मेरो जीवनको ठूलो सपना थियो। तर, यो यात्रा मिकमा डोप्पा शेर्पाको साथ र नेपाली दाजुभाइहरूको आशीर्वादबिनाबाहेक सम्भव हुने थिएन।”

यस्तै, मिकमा डोप्पा शेर्पाले पनि अक्कल बोहरासँग सगरमाथा आरोहणको अनुभव साझा गर्दै, नेपाली समुदायको माया र विश्वासले आफूलाई हौसला मिलेको बताएका छन्।

मुगुका अक्कल बोहराको यो सफलता र मिकमा डोप्पा शेर्पाको योगदानले कर्णाली र मुगुको नाम अन्तर्राष्ट्रिय स्तरमा उच्च भएको स्थानीय बासिन्दाले समेत प्रतिक्रिया दिएका छन्।साथै अक्कल बोहरा बिगतमा मुगुमा धेरै दु:खि पीडितहरु लाई समेत सयोग गर्दै आएका छ्न ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?