बुटवल -सहकारी ठगी प्रकरण : रवि लामिछाने र छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने उच्च अदालत बुटवलको आदेश दिएको छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको मिसिल झिकाउने आदेश गरेको छ।
न्यायाधीशद्वय ओमप्रसाद अर्याल र वासुदेव आचार्यको संयुक्त इजलासले थप प्रमाण आवश्यक परेको ठहर गर्दै सर्वोच्च अदालतबाट सक्कल मिसिल झिकाउन आदेश गरेको हो।
यसअघि यही कात्तिक २० गतेको आदेशमा सुरुको मिसिल झिकाउन भनिएको थियो। अहिले भने बाँकी मिसिल समेत झिकाउन अदालत प्रशासनले तयारी थालेको बताइएको छ।
सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीहरू विरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। उनीहरू अहिले प्रपक्षका लागि कारागारमा रहेका छन्।
बिगो बराबरको बैंक जमानतमा रिहा गर्न माग गर्दै दायर गरेको निवेदनमा उच्च अदालतमा हाल सुनुवाइ जारी रहेको अदालत स्रोतले जनाएको छ।
