राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कार्यकर्ताहरूले प्रदर्शन

समाचार सारांश
Auto Generated by AI
  • रास्वपाको कलैया नगर अधिवेशनको परिणाम र पुनः निर्वाचनको निर्णयलाई लिएर कार्यकर्ताले केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन्।
  • निर्वाचित सभापतिको शपथ भइसकेपछि विना आधार पुनः निर्वाचन गराउने निर्णय विधानविपरीत भएको उनीहरूको आरोप छ।
  • प्रदर्शनकारीहरूले सो निर्णय फिर्ता लिन र पार्टीको अधिवेशन प्रक्रियामा पूर्ण पारदर्शिता कायम गर्न नेतृत्वसँग माग गरेका छन्।

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन ।

Workplace

पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै कार्यकर्ताहरूले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन्।

आन्दोलत कार्यकर्ताका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशंकर रौनियार १२४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए।

निर्वाचित पदाधिकारीको शपथ ग्रहणसमेत सम्पन्न भइसकेपछि पुनः निर्वाचन गराउने सूचना जारी गरिएपछि विवाद सुरु भएको उनीहरूको भनाइ छ।

प्रदर्शनकारीहरूले मधेश प्रदेश समितिका तर्फबाट ५० प्लस १ बहुमत नपुगेको भन्दै पुनः निर्वाचनको सूचना जारी गरिएको दाबी गरेका छन्।

उनीहरूले उक्त निर्णय पार्टी विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत रहेको आरोप लगाएका छन्।

उनीहरूले एकपटक निर्वाचन सम्पन्न भई विजयी घोषणा भइसकेपछि पुनः निर्वाचन गराउने निर्णय स्वीकार्य नहुने बताएका छन्।

कार्यकर्ताहरूले कुनै आधिकारिक लेटरहेड वा हस्ताक्षरबिना सामाजिक सञ्जालमार्फत निर्वाचन रद्द गरिएको भन्दै पार्टी नेतृत्वसँग स्पष्ट जवाफ तथा निष्पक्ष निर्णयको माग गरेका छन्।

साथै पार्टीले सञ्चालन गरिरहेको अधिवेशन प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्ने र विधानसम्मत निर्णय गर्नुपर्ने माग गरेका छन्।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिनेश खत्री
लेखकको बारेमा

दिनेश खत्री

खत्री नेपाल खोज खबरका बरिष्ठ संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

१२ करोडको सुन–चाँदी बोकेर नेपाल भाग्दै गरेका श्रीमान–श्रीमती र साली पक्राउ

सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घट्यो

मुगुमा आज भएको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा बिर्ख बहादुर मल्ल विजयी।

आज मिति २०८३ ज्येष्ठ २५ गते सोमबार आजको राशिफल

नौ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ वटा जिल्लामा पहिलो अधिवेशन गर्दै

छुटाउनुभयो कि ?