स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एको मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • नवलपुरको गैँडाकोटमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय मोटरसाइकल चालक राजु बापाको उपचारको क्रममा ज्यान गएको हो।
  • प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

गैँडाकोट, नवलपुर। नवलपुरको गैँडाकोटमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

Workplace

सोमबार बिहान करिब ८ः३० बजे गैँडाकोट नगरपालिका–५, कुसुमपाटस्थित भित्री सडकखण्डमा गैँडाकोट इङ्लिस स्कुलको बस र मोटरसाइकल ठोक्किएका थिए।

- Advertisement -Workplace

कालिकाचोकबाट श्रीराम प्यालेसतर्फ जाँदै गरेको ग १ ख ३९७० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ४५७२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गैँडाकोट–६ निवासी २६ वर्षीय राजु बापा गम्भीर घाइते भएका थिए।

टाउकोमा चोट लागेका उनलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा बिहान ९ः३४ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले  नेपाल खोज खबर लाई बताएको हो ।

दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र बस चालक गैँडाकोट–१, धारापानी निवासी ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?