icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

गुल्मीमा छोराले धा`रिलो ह`ति`यार प्रहार गर्दा बुबा को मृ`त्यु,आमा गम्भिर घा´इते

गोकर्ण पाण्डे गुल्मी – 

Workplace

गुल्मी मा छोराले धारिलो हतियार प्रहार गर्दा बुवाको मृत्यु भएको छ।

जिल्लाको मालिका गाउँपालिका–३ म्यालका २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो धारिलो हतियार प्रहार गर्दा उनका बुबा ५० वर्षीय धन बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी)गङ्गा बहादुर सारूले जानकारी दिए।

प्रहरीका अनुसार भोटबहादुरले पारिवारिक झगडाका क्रममा आफ्नै बुबा र ४८ वर्षीया आमा दिलमाया बिकमाथि धारिलो हतियार (हँसिया) र काठको किला ठोक्ने मुंग्रो प्रयोग गरी कुटपिट गरेका थिए।

आक्रमणपछि बुबा धन बिकको घटनास्थलमै मृत्यु भएको थियो भने आमाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

आफ्नै आमाबुबामाथि धारिलो हतियार प्रयोग गर्ने भोटबहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनको मानसिक सन्तुलन ठीक नभएको बुझिएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?