काठमाडौ – बीपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि जापान सरकारले दुई अर्ब ८० करोड जापानी येन अर्थात् झन्डै दुई अर्ब ६० करोड नेपाली रुपैयाँ बराबरको अनुदान साहायता प्रदान गर्ने भएको हो ।

नेपाल सरकार र जापान सरकारबीच बीपी राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा हस्ताक्षर भएको छ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ ।
महोत्तरीको बर्दिबासदेखि काभ्रेको धुलीखेलसम्म एक सय ५९ किलोमिटर बीपी राजमार्गको लम्बाई छ ।
यो राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा गरिएको थियो ।
गएको वर्षको बाढी र पहिरोका कारण राजमार्गका विभिन्न खण्डको सडक क्षतिग्रस्त भएका थिए
