अन्नपूर्णेश्वरी र दुर्गा भवानीसहित सन्तोषी माता–वैभवलक्ष्मीको पूजा आज

काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूले आज (शुक्रबार) सन्तोषी माता र वैभवलक्ष्मी माताको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गर्दै व्रत बसिरहेका छन्। साथै यस दिन लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि विशेषरूपमा पूजा गरिने धार्मिक परम्परा रहेको छ।

Workplace

धर्मशास्त्रअनुसार यस दिन लक्ष्मी माताको व्रत बस्दै विधिपूर्वक पूजा–आराधना गरेमा जीवनभर आर्थिक समृद्धि, सौभाग्य र स्थिरता प्राप्त हुने विश्वास गरिन्छ। शुक्रबारको दिनलाई लक्ष्मीप्रसाद तथा वैभव वृद्धिको प्रतीकका रूपमा लिइने भएकाले यस दिन व्रत बस्नेहरूलाई अत्यन्त शुभ मानिन्छ।

- Advertisement -Workplace

व्रत लिने भक्तजनहरूले फलाहारका रूपमा चना र सख्खर ग्रहण गर्नु शुभ मानिन्छ भने अमिलो परिकार खानु धार्मिक दृष्टिले वर्जित मानिन्छ। यसै दिन खीर पकाएर गरिब, असहाय र जरूरतमन्दलाई वितरण गरे घरमा धन, धान्य र समृद्धिको वृद्धि हुने जनविश्वास छ।

धार्मिक परम्पराअनुसार शुक्रबार तीन किसिमका व्रतहरू—सन्तोषी माता, वैभवलक्ष्मी र अन्नपूर्णेश्वरी माताको व्रत—बस्ने चलन छ। यिनीहरूका पूजा–विधि फरक–फरक भए पनि सबैको लक्ष्य आत्मसन्तोष, समृद्धि र पारिवारिक सुख प्राप्ति हो।

शुक्रवार सेतो रंगसँग सम्बन्धित दिन भएकाले यस दिन सेतो वस्त्र लगाउन, घरमा सुगन्धित धूप, चन्दन, कपुर, रेशमी कपडा, चिनी, घिऊ, तेल आदि दान गर्न शुभ फल प्राप्त हुने विश्वास गरिन्छ।

ज्योतिषशास्त्रअनुसार शुक्र ग्रह पीडित भएकाहरूका लागि पनि यो दिन विशेष प्रभावकारी मानिन्छ। शुक्र ग्रहको अशुभ दशाबाट मुक्ति पाउन सेतो घोडा वा सेतो रंगका वस्त्र दान गर्न, साथै शुक्रसँग सम्बन्धित रत्न धारण गर्न शुभ हुने बताइन्छ।

शुक्रवारको व्रत बस्ने पुरुष तथा महिलाले सन्तोष, शान्ति, सौभाग्य र मनोकांक्षा पूर्ति हुने धार्मिक विश्वास रहँदै आएको छ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अविजित पन्थी
लेखकको बारेमा

अविजित पन्थी

पन्थी नेपाल खोज खबरका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?