काठमाडौ – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनालाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता गरिएको जाहेरी तामिली प्रक्रियामा परेको छ। नेपाल खोजखबरलाई प्राप्त जानकारी अनुसार, ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ नेतृत्वको टिमले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाण्डूमा दिएको जाहेरी पर्याप्त आधार र प्रमाण नदेखिएको ठहरसहित तामेलीमा राखिएको हो।

प्रहरी तथा सरकारी वकिल कार्यालय काठमाडौँबीचको संयुक्त छलफलपछि सो जाहेरी तत्काल अनुसन्धान प्रक्रियामा नबढाउने निर्णय लिइएको उच्च प्रहरी स्रोतले जानकारी दियो। स्रोतका भनाइअनुसार—
“आयोगले प्रतिवेदन नबुझाइकन तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि अनुसन्धान अघि बढाउने आधार भेटिएन, त्यसैले जाहेरी तामेलीमा राखिएको हो।”
आयोगको प्रतिवेदनपछि मात्रै कारबाही सम्भव
भदौ २३–२४ को जेनजी आन्दोलनबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको निष्कर्ष नआएसम्म प्रहरी र सरकारी वकिल कार्यालय ‘wait and see’ मोडमै बस्ने भएका छन्।
उच्च प्रहरी अधिकारीका अनुसार—
“ओली र लेखकको प्रत्यक्ष संलग्नता वा निर्देशन पुष्टि हुने कुनै आधार नदेखिएकाले अहिलेको अवस्थामा त्यही जाहेरीमा एक्कासि एक्सनमा जाने अवस्था छैन।”
गृहमन्त्री ओमप्रकाश अर्यालले सार्वजनिक रूपमा कारबाहीको संकेत गरे पनि प्रमाणको आधार कमजोर भएकै कारण व्यवहारिक कारबाही अघि नबढेको प्रहरीको भनाइ छ।
बालेन, कार्की र अर्यालविरुद्धको जाहेरी पनि तामेलीमा
स्रोतका अनुसार गुरुङले दिएको जाहेरी सँगै काठमाडौँ मेयर बालेन्द्र (बालेन) साह, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल विरुद्ध समेत परेको जाहेरी त्यो पनि यतिनै कारण देखाउँदै तामेलीमै राखिएको छ नेपाल खोजखबरलाई थप प्राप्त जानकारी आए हामि अपडेट गर्ने छौ ।
