वैज्ञानिक द्वारा चामलको दानाभन्दा पनि सानो आकारको पेसमेकर अर्थात् मुटुको धड्कन नियन्त्रक बनाएका छन् ।

एजेन्सी – वैज्ञानिकहरूले चामलको दानाभन्दा पनि सानो आकारको पेसमेकर अर्थात् मुटुको धड्कन नियन्त्रक बनाएका छन् ।

Workplace

यसलाई घुलनशील गर्नुअघि प्रकाशले इन्जेक्ट र नियन्त्रण गर्न सकिने उनीहरूले बताएका छ्न  अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । विश्वकाे सबैभन्दा सानाे पेसमेकर मानिसमा परीक्षण हुन अझै समय लाग्ने वैज्ञानिकहरूको भनाइ छ ।

अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका वरिष्ठ अध्ययन लेखक जोन रोजर्सले पेसमेकर दुईदेखि तीन वर्षमा मानिसमा परीक्षण गर्न सकिने अनुमान गरिएको बताउनुभयो । तर चिकित्सकीय क्षेत्रमा वायरलेस पेसमेकरको आविस्कार रूपान्तरणकारी प्रगतिका रूपमा लिन सकिने उहाँको दाबी छ ।

विश्वभर लाखौं मानिसमा स्थायी पेसमेकर छन् तर सबैले विद्युतीय आवेगमार्फत मुटुको धड्कन सामान्य भएको सुनिश्चित गर्ने काम गर्छन् ।

आवश्यक नपरेको बेला फेरि शल्यक्रियामार्फत तारसहित तिनलाई निकाल्नुपर्ने बाध्यता हुन्छ । तर नयाँ बनेको पेसमेकरले वयस्कहरूलाई मुटुको शल्यक्रियाबाट निको भएपछि सामान्य मुटुको धड्कन पुनर्स्थापित गर्न पनि मद्दत गर्न सकने छ ।

यस्तै जन्मजात मुटुसम्बन्धी समस्या भएका बच्चाहरूलाई पनि नयाँ अस्थायी पेसमेकर सहयोगी भएको अमेरिकी नेतृत्वको अनुसन्धानकर्ताहरूले जनाएका छ्न ।

अहिले भर्खरै विकसित पेसमेकर वायरलेस छ र आवश्यक नभएको बेलामा शरीरमा नै घुलनशील हुने गरी डिजाइन गरिएको बताइएको छ  यसबाट बिरामीहरूलाई घरिघरि शल्यक्रिया गर्नुपर्ने अवस्थाबाट बचाउने अपेक्षा गरिएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?