icon
निर्वाचन
२८ मंसिर २०८२, आइतबार
icon
निर्वाचन

संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक : सभामुखद्वारा बोलाइएको दलहरूको निष्कर्ष

काठमाडौं । सभामुख देवराज घिमिरेद्वारा बोलाइएको राजनीतिक दलहरूको संयुक्त बैठकले हालै गरिएको संसद् विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक ठहर गरेको छ।

Workplace

बैठकपछि नेकपा (एमाले) का नेता महेश बर्तौलाले संसद् जीवित रहँदा जेनजी समूहले उठाएका मागसहितका सबै विषय संवैधानिक तरिकाले समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै, ठुलो राजनीतिक षड्यन्त्रका कारण संसद् विघटन गरिएको निष्कर्ष बैठकले निकालेको बताए।

उनले भने, “यो विषयमा सहभागी सबै दलहरूको साझा मत रह्यो। संसद् पुनर्स्थापना गरेर संवैधानिक बाटोबाटै जेनजीको माग सम्बोधन गर्नुपर्नेमा हामी एकमत छौँ। अहिले सर्वोच्च अदालतमा यस विषयमा रिट दर्ता भइसकेको छ र त्यसकै निर्णयको प्रतीक्षा छ।”

त्यस्तै, नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पनि संसद् विघटनलाई आफ्नो पार्टीले असंवैधानिक ठहर गरिसकेको बताए। उनले भने, “हामीले पार्टीको आधिकारिक निर्णय गरिसकेका छौँ। लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट पछि हट्दैनौँ, तर अन्तिम व्याख्या सर्वोच्च अदालतकै हुनेछ। अदालतले जुन फैसला गर्छ, त्यसको सम्मान गर्दै अघि बढ्छौँ।”

यस्तै, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकार संविधानसम्मत नभएको आरोप लगाउँदै भने, “प्रधानमन्त्रीको नियुक्ति संविधानको कुनै पनि धारामा नमिल्ने गरी गरिएको हो। संसद् विघटन नभएको भए, यही संसद् बाट संविधान संशोधन गरी जेनजीको माग सम्बोधन गर्न सकिन्थ्यो, तर विघटनपछि त्यो सम्भावना समाप्त भएको छ।”

पाण्डेले फागुन २१ मा निर्वाचन गराउने भन्दै सरकारले राजनीतिक दलहरूबीच मुठभेडको वातावरण सिर्जना गर्न खोजेको आरोप समेत लगाए।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?