काठमाडौ – प्रदेशबाट तयार गरिएको नयाँ लोकपप शैलीको गीत ‘जाम साइली हजुर’ सार्वजनिक गरिएको छ। गीतमा कलाकार हरि पाण्डे र गायिका सीमा नेपालीको सुमधुर आवाज रहेको छ।

गीतका शब्द केशब नेपालीले लेखेका हुन् भने लय स्वयं हरि पाण्डेकै रहेको छ। गीतको एरेन्ज महेन्द्र भण्डारीले गरेका छन।
भिडियोमा बिमला नाछिरिङ राईको आकर्षक अभिनय देख्न सकिन्छ भने छायांकन प्रेमा तामाङ घिसिङले गरेका हुन।
गीत सार्वजनिक गर्दै कलाकार हरि पाण्डेले आफ्नो दर्शक, शुभचिन्तक र भगवान सरहका माया गर्नेहरूलाई नेपाल खोज खबर मार्फत धन्यवाद व्यक्त गर्दै भनेका छन् “प्रदेशबाट गरिएको काम भएकाले केही कमी कमजोरीहरू हुन सक्छन्, तर तपाईंहरूको सल्लाह, सुझाव र प्रतिक्रिया नै मेरो प्रेरणाको स्रोत हो।
पाण्डेले यस गीत निर्माणमा साथ र सहयोग प्रदान गर्ने राजेन्द्र अर्याल सरप्रति विशेष आभार व्यक्त गरेका छन्। साथै सम्पूर्ण ‘जाम साइली हजुर’ टिमप्रति मनैदेखि धन्यवाद दिएका हुन।
गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ। र दर्शकहरूले गीतलाई माया र सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
भिडियो

