“यस्तो अवस्थामा म जिम्मेवारीबाट भाग्दिनँ, तर अध्यक्ष पदमा मात्र टाँस्सिन पनि चाहन्नँ,” : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठक बिहीबारदेखि काठमाडौँको प्रज्ञा भवन, कमलादीमा शुरू भएको छ ।

Workplace

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक एवं संगठनात्मक प्रस्ताव प्रस्तुत गर्नुभयो । उहाँले अहिलेको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशनमार्फत नयाँ संरचना बनाउनुपर्ने बताउँदै, आफ्नो नेतृत्वमा आयोजक कमिटी गठन गर्ने प्रस्ताव समेत राख्नुभयो ।

अध्यक्ष दाहालले निर्धारित समयमा नै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले वर्तमान राजनीतिक अवस्था र जेनजी आन्दोलनले सिर्जना गरेको परिस्थितिबारे समेत धारणा राख्दै देश अहिले इतिहासकै गम्भीर सङ्कटमा रहेको बताउनुभयो ।

“यस्तो अवस्थामा म जिम्मेवारीबाट भाग्दिनँ, तर अध्यक्ष पदमा मात्र टाँस्सिन पनि चाहन्नँ,” दाहालले बैठकलाई सम्बोधन गर्दै भन्नुभयो ।

पार्टीका अनुसार अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि प्रदेशगत रूपमा प्रतिनिधि विभाजन गरेर छलफल गरिनेछ । छलफलपछि समूहगत रिपोर्टिङ पुनः बैठकमा पेस गरिने बताइएको छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?