सगरमाथाको तिब्बत तर्फको क्षेत्रमा फसेका ३५० भन्दा बढी पर्वतारोहीको उद्धार

काठमाडौँ । प्रतिकूल मौसमका कारण तिब्बततर्फको सगरमाथा क्षेत्रमा फसेका तीन सयभन्दा बढी पर्वतारोहीको सफलतापूर्वक उद्धार गरिएको छ ।

Workplace

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार शुक्रबार रातिदेखि शनिबारसम्म लगातार परेको भारी हिमपातका कारण सगरमाथा क्षेत्रमा करिब एक हजार पर्वतारोही फसेका थिए । तीमध्ये हालसम्म ३५० जनाभन्दा बढीलाई उद्धार गरिएको र दुई सयभन्दा बढी पर्वतारोहीसँग सम्पर्क स्थापित गरिएको जनाइएको छ ।

- Advertisement -Workplace

तिब्बततर्फको मोहडाबाट सगरमाथा क्षेत्र प्रवेश गरेका पर्वतारोही हिमपात र हावाहुरीका कारण शिविरमै फसेका थिए । प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ ।

चीनमा राष्ट्रिय दिवसका अवसरमा साताव्यापी बिदा चलिरहेको र सोही अवसरमा ठूलो संख्यामा मानिसहरू हिमाली क्षेत्र घुम्न पुगेका थिए । तर, आकस्मिक खराब मौसमका कारण सयौं पर्वतारोही र पर्यटक अलपत्र परेका थिए ।

स्थानीय प्रशासन र उद्धार टोलीले द्रुत गतिमा राहत तथा उद्धार कार्य अगाडि बढाइरहेको र बाँकी फसेकाहरूलाई शीघ्र सुरक्षित स्थानमा पुर्‍याउने प्रयास जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?