सगरमाथाको तिब्बत तर्फको क्षेत्रमा फसेका ३५० भन्दा बढी पर्वतारोहीको उद्धार

काठमाडौँ । प्रतिकूल मौसमका कारण तिब्बततर्फको सगरमाथा क्षेत्रमा फसेका तीन सयभन्दा बढी पर्वतारोहीको सफलतापूर्वक उद्धार गरिएको छ ।

Workplace

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार शुक्रबार रातिदेखि शनिबारसम्म लगातार परेको भारी हिमपातका कारण सगरमाथा क्षेत्रमा करिब एक हजार पर्वतारोही फसेका थिए । तीमध्ये हालसम्म ३५० जनाभन्दा बढीलाई उद्धार गरिएको र दुई सयभन्दा बढी पर्वतारोहीसँग सम्पर्क स्थापित गरिएको जनाइएको छ ।

तिब्बततर्फको मोहडाबाट सगरमाथा क्षेत्र प्रवेश गरेका पर्वतारोही हिमपात र हावाहुरीका कारण शिविरमै फसेका थिए । प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ ।

चीनमा राष्ट्रिय दिवसका अवसरमा साताव्यापी बिदा चलिरहेको र सोही अवसरमा ठूलो संख्यामा मानिसहरू हिमाली क्षेत्र घुम्न पुगेका थिए । तर, आकस्मिक खराब मौसमका कारण सयौं पर्वतारोही र पर्यटक अलपत्र परेका थिए ।

स्थानीय प्रशासन र उद्धार टोलीले द्रुत गतिमा राहत तथा उद्धार कार्य अगाडि बढाइरहेको र बाँकी फसेकाहरूलाई शीघ्र सुरक्षित स्थानमा पुर्‍याउने प्रयास जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?