रतन रावल मुगु – छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी गाउँमा नवगठित रारा महादेव युवा क्लब को नेतृत्वमा श्रमदानमार्फत सडक पुनःनिर्माण गरेका छन।

गत असोजमा परेको अविरल वर्षाले सडक भत्किँदा बिरामीलाई उपचारका लागि गाडीमा ल्याउन–लेजान कठिनाई भएकाले स्थानीयले संयुक्त पहलमा बाटो मर्मत गरेका हुन्।

नेपाली कांग्रेस मुगु उपसभापति एवं कार्यवाहक सभापति तथा वडा अध्यक्ष कर्ण रावल, वडा सदस्य चन्द्रबहादुर रावल, शिक्षक नन्द रावल, जिएसएस मुगुका हाकिम वासुदेव रावलसहित गाउँका युवाको सक्रियतामा सडक निर्माण भएको हो।

चाडपर्वलाई लक्षित गर्दै क्लबले गाउँमा सरसफाई अभियान समेत सञ्चालन गरेको छ। साथै, आगामी दिनमा बालीनाली संरक्षण अभियान मा समेत सक्रिय सहभागिता जनाउने क्लबका अध्यक्ष सुरेश रावलले प्रतिबद्धता जनाएका छन्।


