देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली यस्तो छ आज को मौसम

Workplace

देशभर विभिन्न स्थानमा मौसम बदली वर्षा र हिमपात हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

दिउँसो: कोसी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहने छ।

एस्तै आज राति: कोसी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा भूभागमा मुख्यतया सफा रहनेछ। कोसी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

हाल देशका पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव रहेको मौसम महाशाखाले जनाएको हो ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?