जेन–जी आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डाै – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले गएकाे भदाै २३ र २४ गते जेन–जी आन्दोलनमा दमन गर्ने गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो  ।

Workplace

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भन्नुभयाे, ‘आन्दोलनका क्रममा गोली हानेर युवाहरूको हत्या गर्ने कार्यमा संलग्नलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यस्तै प्रधानमन्त्रीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरी ज्यान गुमाएका परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि उल्लेख गर्नुभयाे । घाइतेहरूको निःशुल्क उपचार भइरहेको उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्दै देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेकाे सङ्ख्या ७४ जना पुगेकाे छ ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

वैशाख पहिलो हप्तामै पुग्यो मुगुमा विद्यार्थीको पाठ्यपुस्तक

छुटाउनुभयो कि ?