राजेन्द्र लिङ्देनको टिप्पणी-३६ वर्षको हुने सबै बालेन हुँदैनन्

समाचार सारांश
Auto Generated by AI
  • राप्रपा अध्यक्ष लिङ्देनले उमेर मात्रै नेतृत्वको मापन नभएको भन्दै सबै युवा बालेन शाह नहुने टिप्पणी गरे।
  • ट्रम्प र अन्य विश्व नेताहरूको उदाहरण दिँदै उनले उमेरभन्दा अनुभव र क्षमता महत्वपूर्ण हुने तर्क राखे।
  • पार्टीबाट कारबाही गरिएको भन्ने आरोप गलत रहेको भन्दै उनले बागी उम्मेदवारलाई समेत छुट दिएको दाबी गरे।

काठमाडौ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका हुन ।

Workplace

काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह नहुने टिप्पणी गरे छन।

- Advertisement -Workplace

उनले भने, ‘युवा मात्रै सबै कुरा होइन रहेछ। युवा हुने बित्तिकै, ३५–३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह हुँदैन।
३५–३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह हुने अथवा अहिले संसारमा ९३–९४ वर्षका मानिसहरू पनि राष्ट्रपति छन्।
८० वर्षको डोनाल्ड ट्रम्प महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति हुनुहुन्छ । ८० वर्षको मान्छेले देश चलाईरहेको छ।

संसार हाँकिरहेको छ भनेर ८० वर्षका सबै डोनाल्ड ट्रम्प पनि हुँदैनन्। त्यसकारण उमेर मात्रै सबै कुरा होइन ।’

उनले पार्टीमा केही थरीले अध्यक्षले मान्छेलाई कारबाही गरेकै कारणले छाडेको भन्ने आरोपमा सत्यता नभएको बताए हुन।

उनले यो झन्डै ५ वर्षको कार्यकालमा पाँच जना मान्छे पार्टीबाट हामीले कारबाही गरेको मान्छेको नाम भनौँ न को को हो?
त्यसै भनेर हुन्छ? धेरै मान्छेहरू जसले आफ्नै निर्वाचनमा आफै पार्टीको जिम्मेवार पदमा थियौ। आफ्नै निर्वाचन क्षेत्रमा बागी उम्मेदवार उठाएर हिँड्ने, उनीहरूलाई त हामीले कारबाही गरेनौँ, त्यतिबेलै निकाल्नुपर्ने।
त्यो त पर्खेर बस्यौँ, कसलाई कारबाही गरेको छ समेत भने ।

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News

‎

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisementspot_img

सम्बन्धित खबर

फेसबुकमा हामी

Cover Photo
Profile Picture

Nepal Khoj Khabar

87K followers • 317 following

Your News Your Choise

Category: News
-Advertisementspot_img

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?